• TOKHA LIVE

    • ५ माघ २०८१, शनिबार २२:१९

    टाेखा श्री पिगण द्यः मन्दिर परिसर अन्डर ग्राउण्ड पाटी निर्माणको प्रदेश सांसद राजेन्द्र प्रजापतिद्वारा शिलान्यास

     

     

    काठमाडौं ५ माघ २०८१  /टोखा नगरपालिका वडा नं ३ मा रहेको प्राचीन श्रीमसानकाली पिगण द्यः मन्दिर परिसरमा अन्डर ग्राउण्ड पाटी निर्माणको प्रमुख अतिथि बागमती प्रदेश सभासांसद राजेन्द्र प्रजापतिद्वारा आज शिलान्यास सम्पन्न गर्नु भएको छ।

    श्री पिगण द्यः मन्दिर परिसरमा अन्डर ग्राउण्ड पाटी निर्माणको लागि उपभोक्ता समितिले श्री मसानकाली भुटखेल टाेल विकास संस्थाले बागमती प्रदेशमा सम्झौता गरी मौलिकता झल्काउने गरि पक्की पाटी निर्माण कार्य सम्पन्न गर्न लागेको हो।

    बागमती प्रदेशको बजेट सहयोगमा निर्माण हुने उक्त आयोजनाको रकम रु.४३ लाख बिनियोजन गरेको प्रदेश सभासांसद राजेन्द्र प्रजापतिले बताउनुभयो ।

    प्रदेश सभासांसद राजेन्द्र प्रजापतिले नेवा: कला संस्कृति भेषभुषा यहाँका सबै आदिवासीका संस्कृतिहरु जिवन्त राख्नेकार्यमा आफ्नो सधै पहिलो उद्देश्य रहने
    बताउनुभयो ।

    उक्त अन्डर ग्राउण्ड पाटी निर्माणको टाेखाका इन्जिनियर आशामान महर्जनले
    डिजाइन गरि तयार पारेका हुन।

    पिगण द्यः मन्दिर परिसरमा अन्डर ग्राउण्ड पाटी निर्माणले मन्दिर आगन फराकिलो हुनको साथै हाल अव्यवस्थित साघुरो ठाँउलाई पाटी निर्माण पछि केहि हदसम्म मन्दीरमा आउनु हुने नगरवासी, श्रद्धालु भक्तजनहरुहरु लगायत खलपुचलाई सहजिकरण हुने श्री मसानकाली भुटखेल टाेल विकास संस्थाका सचिव  सन्देश डंगोलले बताउनुभयो ।

    शिलान्यास कार्यक्रमको अवसरमा बिशिस्ट अतिथि टोखा नगरप्रमुख प्रकाश अधिकारी,बिशिस्ट अतिथिहरु टाेखा नगरपालिका ३ का वडाअध्यक्ष रमेश डंगोल , टाेखा नगरपालिका ३ का सदस्यहरु हरिकृष्ण श्रेष्ठ /हरिभक्त श्रेष्ठ /शान्ता राई,टाेखा नगरपालिकाका पुर्व वडा २ र ३ का अध्यक्ष दिपकराज जोशी र सिंहराज श्रेष्ठ,टाेखाका मुलनाइके हेमराज श्रेष्ठ,टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितका अध्यक्ष गणेशमान श्रेष्ठ,श्रीसरस्वती मावी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजराज श्रेष्ठ , विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,समाजसेविहरु बुद्धिजीवीहरु,श्री मसानकाली भुटखेल टाेल विकास संस्थाका पदाधिकारीहरु,श्री इन्द्रायणी दापा खल,श्री पिगं द्यः दापा खलः(सहलुबी),पिगणद्यः खलः लगायतको उपस्थिती रहेको थियो ।

     

    श्री पिगण द्यः खलः र श्री मसानकाली भुटखेल टाेल विकास संस्थाद्वारा जनहितमा जारी सूचना :

    श्री पिगण द्यः मन्दिर परिसरमा अन्डर ग्राउण्ड पाटी निर्माण पछी टोखा २ र ३ का बासिन्दाले उपभोग गर्न सकिने फाइदाहरु :

    > यस श्री पिगण द्यः मसानकाली मन्दिर परिसरमा फराकिलो खुल्ला मैदान बनाउने ।

    ➤ चाडपर्व तथा विस्का नख जात्रामा रथ परिक्रमा गर्दा सहज बनाउने र श्रदालु भक्तजनहरुलाई सिन्दुर जात्रागदां परिक्रमा गर्न समेत सहज हुने ।

    > यस श्री पिगण द्यः मसानकाली मन्दिर र मन्दिर परिसरलाई पुरातात्विक रुपमा विकास गरी पर्यटकिय स्थल बनाउने ।

    > यस मन्दिरको द्यः खलः गुठियारहरु ८० जना भन्दा बढीको गुठी संचालनमा सहज हुने ।

    > यस मन्दिरमा पाल्नुहुने श्रद्धालु भक्तजनहरुको भाकल पुजा, पाठ, नथा भजन कृतन गर्दा घाम पानी तथा हुरी बतासवबाट सुरक्षित वसेर भजन कृतन गर्ने दापाखल सदस्यहरुलाई समेवजी खुवाउन मिल्ने ।

    > यस मन्दिरका यः खलक तथा दापाखलकहरुको चाडपर्वमा सामुहिक गुठी भोज संचालन गर्न मिल्ने ।

    > इन्द्रायणी भुतखेल सामुदायिक बनको विभिन्न तालिम तथा गोष्ठी कार्यक्रम गर्न मिल्ने ।

    > इन्द्रायणी सामुदायिक वनमा घुमफिर गर्न आउने जेष्ठ नागरिकहरुलाई आराम तथा मनोरञ्जनात्मक कार्यक्रम गराउन मिल्ने ।

    ➤ विभिन्न क्लव, सहकारी तथा संघ संस्थाहरुको साधारण सभा लगायत अन्य कार्यक्रमहरु गर्न मिल्ने ।

    > प्रोजेक्टरको माध्यमबाट तालिम, गोष्ठी, सेमिनार तथा स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गर्न मिल्ने ।

    > प्रोजेक्टर मार्फत टोखाका जनसमुदायहरुलाई विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गर्न मिल्ने ।

    > योग तथा ध्यान शिविर संचालन गर्न मिल्ने ।

    > विभिन्न विद्यालयका विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराई यहााको धार्मिक मन्दिर सामुदायिक वन सम्बन्धि विद्यार्थीहरुलाई ज्ञानवर्दक कार्यक्रम गर्न मिल्ने ।

    २०० जना भन्दा वढी मानिसहरु वसी कार्यक्रम गर्न मिल्ने ।

    फाेटाे फिचर :-

     

     

     

    Facebook Comments

    सम्बन्धित खवर

    छुटाउनुभयो कि? सबै