• TOKHA LIVE

    • २५ बैशाख २०८०, सोमबार १९:१४

    साफ च्याम्पियनसिपमा लेबनानले पनि सहभागिता जनाउने

    टोखा लाइभ। २५ वैशाख २०८०

    काठमाडौं । भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलमा आमन्त्रित टोलीको रुपमा लेबनानले पनि सहभागिता जनाउने भएको छ ।

    दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार लेबनानले साफ च्याम्पियनसिप खेल्ने पक्का भएको जनाएको छ।

    साफ च्याम्पियनसिप आगामी असारमा आयोजना हुनेछ । साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ ।

    यस अघि साफको १४ औं संस्करण बंगलादेशमा हुने तय थियो । तर, बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि भारतमा प्रतियोगिता हुन लागेको हो ।

    फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन् । अघिल्लो संस्करणमा भुटान र पाकिस्तानले सहभागिता जनाएको थिएन ।

    माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । नेपाल उपाधि भिडन्तमा भारतसँग ३–० ले पराजित भएको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै