• TOKHA LIVE

      TOKHA LIVE

    • ६ श्रावण २०७७, मंगलवार २०:३४

    लकडाउन हट्यो, सीमा नाका साउन ३२ गतेसम्मलाई बन्द:-

    टोखा लाइभ । सरकारले मंगलबार मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ।

    सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए। त्यस्तै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै थप लकडाउन कायम रहनेछ ।

    साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने, भदौ १ देखि छोटो, मध्यम र लामो दूरीका यात्रुबहाक सवारीसाधनहरु सञ्चालन गर्न दिने र भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने निर्णय गरेको छ ।

    सरकारले भदौं १ गते बाट अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरेको छ। यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ।

    सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै