प्रजातन्त्र सेनानी, भाषा निभा प्रेमबहादुर कंसाकारकाे १०६अौँ जन्माेत्सव विविध सांस्कृतिक र साहित्यिक कार्यक्रम गरी मनाइएकाे छ । कंसाकारकाे १०६ अौँ जन्माेत्सव रत्न राज्यलक्ष्मी क्याम्पस र सुकुन्दा साहित्य पा: ला: काे आयाेजनामा क्याम्पस सभाहलमा मनाइएकाे हाे ।
नेपाली तथा नेपाल भाषा विभाग प्रमुख डा. विष्णु ज्ञवालीकाे अध्यक्षता र क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीकाे प्रमुख अातिथ्य ,नेवा: देय् दबुका अध्यक्ष पवित्र बज्राचार्य ,नेपालका पहिलाे ट्रफिक इन्जिनियर शान्त वीर तुलाधर , साहेक क्याम्पस प्रमुख प्रमिला बिदारी ,जन गायक चन्द्र बहादुर श्रेष्ठ (माईला दाइ),कवि राजभाई जकमी,प्राडा. चन्द्रमान बज्राचार्य ,मदन सेन बज्राचार्य ,नेपालभाषा केन्द्रीय विभाग उपप्रमुख सरद कसा:बरिस्ठ पत्रकार नरेशवीर शाक्य ,गायक गाेर्की श्रेष्ठकाे अातिथ्य रहेको सो कार्यक्रम नेपालभाषा अभियन्ता तथा पत्रकार रिदेन महर्जनकाे संयाेजकत्वमा कार्यक्रम सञ्चालन भएको हाे। प्रमुख अतिथि प्राडा. जिवनधर ज्ञवालिले प्रेमबहादुर कंसाकारकाे तस्बिरमा माल्यार्पण गर्दै पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रम सुभारम्भ गरेका थिए ।
नेपालभाषा अभियन्ता यवम सुकुन्दा साहित्य पा: ला: अध्यक्ष प्रशान्त डंगोलले सम्पूर्ण अतिथिहरुलाई कार्यक्रममा स्वगत गर्दै प्रेमबहादुर कंसाकारले पटनामा अध्ययनकाे क्रममा च्वसापासा स्थापना गरेरे नेपालीहरुलाई गाेलबद्ध गर्नुका साथै नेपालीहरुका लेखरचना संकलन गरेर पत्रिका र पुस्तक प्रकाशन गर्दै नेपालमा राणा शासन बिरुद्ध माेर्चा बन्दी गर्नुभएकाे स्मरण गर्नुभयाे । साथै जब नेपालमा गंगालाल श्रेष्ठलाई फाँसीमा चढाएकाे खबर पाए उनी नेपाल फिर्ती भएर राणा शासन बिरुद्ध सशक्त भूमिगत आन्दाेलन चर्काएर । फलस्वरूप २००७ सालमा प्रजातन्त्रको स्थापना भयाे र राज्यले उनलाई प्रजातन्त्र सेनानी उपनाम दिएर सम्मान गरे । उनले स्वनाम पहिलो बालकथा संग्रह र न्हुपुखु निबन्ध संग्रह पनि प्रकाशनमा ल्याएका थिए ।
त्यस्तै नेपाल भाषाकाे शब्दकोष प्रकाशनमा ल्याएको उपलक्ष्यमा एसियाकाे प्रसिद्ध निक्कि पुरस्कारबाट सम्मान गरेका थिए । नेपालमा पहिलाे प्रदित पुस्तकालय स्थापना ,आससफु गुथिकाे स्थापना, नेपाल भाषाका लाेक गीत, लाेक नृत्य, लाेक संगीतकाे संकलन, नेपाल भाषामा लेखिएका पुराना दस्तावेज हरुकाे संकलन र संबर्दन, जस्ता थुप्रै कामहरु गरेका छन् ।
यस्ता कार्य गर्नुकाे मुख्य उद्देश्य प्रेमबहादुरद्वारा रचित कृतिहरुकाे प्रकाशनमा ल्याउन सम्बन्धी निकायहरुलाई ध्यानाकर्षण गराउन र नेपाल भाषा क्षेत्रमा थुप्रै संघ संस्थाहरु रहे तापनि नेपालभाषा क्षेत्रका जाज्वल्यमान तारा प्रेम बहादुर कंसार जस्ता थुप्रै महान व्यक्तित्वहरुकाे जन्माेत्सव कुनै संघ संस्थ हरुले आजकाे दिन सम्म आइपुग्दा पनि कसैले जनमाेत्सव मनाउने, उहाँलाई सम्झने, उहाँहरुकाे कृतिहरु प्रकाशनमा ल्याउने काम गर्न घच्घच्याउन याे कार्यक्रम गरेकाे बताए ।
प्रजातन्त्र सेनानी,भाषा निभाकाे जन्माेत्सव मनाएर उनकाे याेगदानकाे उच्च सम्मान गरेकाे र यस्तो उदाहरणीय बन्नका लागि सम्पूर्ण नेपालभाषा क्षेत्रका संघसंस्था हरुलाई आह्वान गर्नुका साथसाथै नेपाल भाषा क्षेत्रका थुप्रै ताराहरु वर्तमान अवस्थामा नेपाल भाषा कामकाजी भाषाका रुपमा प्रयाेगमा राेक लगाए पश्चात् दिनानुदिन नेपालभाषा छायाँमा परिरहेकाे अवस्थामा यी छायामा परेका विद्वान विदुसी, बहुमुखी प्रतिभाका धनी व्यत्कित्वहरुकाे सम्झना गर्नुका साथसाथै उहाहरुकाे याेगदानकाे कदर गर्ने कार्यक्रम नेपालभाषा क्षेत्रका अन्य संघसंस्थाहरुलाई प्रेरणा मिलाेस् भन्दै अध्यक्ष प्रशान्त डंगोलले कंसाकारकाे १०६अौँ जन्माेत्सव विविध सांस्कृतिक र साहित्यिक कार्यक्रमका संयाेजक तथा नेपालभाषा अभियन्ता तथा पत्रकार रिदेन महर्जनलाई हार्दिक आभार व्यक्त गरेका थिए ।
रचना पुन: प्रकाशन गर्ने, प्रकाशन मा आउन बाँकी कृतिहरु प्रकाशनमा ल्याउन, भावी पुस्तालाई हाम्रा महान व्यत्तत्वहरुका याेगदानहरुकाे बारेमा अध्ययन अनुसन्धान गर्ने बाटो खुल्ला राख्न याे कार्यक्रम आजना गरेकाे बताए।
प्राडा. चन्द्रमान बज्राचार्यले प्रेमबहादुर कंसाकारकाे जीवनी उनकाे याेगदान, जीवन कालमा प्रकाशित कृतीहरु, नेवा देय् दबु अध्यक्ष पवित्र बज्राचार्यले जुन काम सकुन्दा साहित्य पा:ला: ले गरे, नेवा विद्यार्थी युनियनले सफल पारे, नेपाल भाषा अभियान्ताहरुले सुभारम्भ गरे साे कामकाे प्रशंसा गर्दै प्रेमबहादुर कंसाकारले स्रवप्रथम आसासु कुथी पवित्र बज्राचार्यकाे घरबाट शुरु गरेकाे र पछि मात्र रक्तकालीमा सारिएको जानकारी गर्नुका साथै नेवा: देय दबु लेनी गर्न नसकिरहेकाे अवस्था पक्का हाे । आगामी दिनहरुमा सहकार्यमा अघि बध्ने जानकारी दिनुभयाे ।
प्राडा.जीवनधर ज्ञवालीले नेपाल भाषा रत्न राज्य क्याम्पसमा साङ्गेतिक प्रस्तुति Tabala-sasu rajkarnikar Violin- sakhaa rajkarnikar राजभाई जकमी कविता वाचन,जनगायक माइला दाइ “चिल्लाख च्याका” बाेलकाे क्रान्तिकारी गीति प्रस्तुत गरे,सुमि दास रञ्जितकारले कविता वाचन , मदन सेन बज्राचार्यले मन्तव्य ,प्रमुख अतिथि प्राडा. जिवनधर ज्ञवालीले महान व्यक्तित्वकाे कार्यक्रम गरेकाेमा अायाेजकलाई धन्यवाद तक्राउदै यस्ता कार्यक्रमहरु गर्न नेपालभाषा प्रवर्दन गर्न हरदम तयार रहेकाे बताए । सभापति डा.विष्णु ज्ञवालीले महत्त्वपूर्ण कार्यक्रम अायाेजना गर्न पाउँदा हर्षित भएकाे र प्रेमबहादुरकाे व्यक्तितब र कृतित्वकाे संक्षिप्त वर्णन गर्दै कर्यक्रम समापन गरेका थिए ।

