• TOKHA LIVE

      TOKHA LIVE

    • २३ चैत्र २०७९, बिहीबार १०:५५

    मेसीलाई अल हिलालको वार्षिक ५८ अर्ब रुपैयाँको प्रस्ताव

    टोखा लाइभ। २३ चैत्र २०७९

    एजेन्सी । अर्जेन्टिनी कप्तान लिओनल मेसीले यो सिजनपछि फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छोड्ने मन बनाइसकेको अन्तर्राष्ट्रिय मिडियाले दाबी गरेका छन्।

    जुन चर्चाकोबीच साउदी अरबको क्लब अल हिलालले मेसीलाई आधिकारीक रूपमा क्लबसँग जोडिन प्रस्ताव गरेको छ। मेसीका लागि अल हिलालले वार्षिक करिब ५८ अर्ब नेपाली रुपैयाँ (४०० मिलियन युरो) को प्रस्ताव अघि सारेको छ।

    मेसीले यो प्रस्तावको विषयमा केही बोलेका छैनन्। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि साउदी अरबकै क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। गत वर्ष उनलाई अल नस्रले २०० मिलियन युरोमा सम्झौता गरेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै