टाेखालाइभ डट कम/चैत्र १६ ,२०७९
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज नापी कार्यालय मनमैजुका सर्वेक्षक रमेश उपरकोटी र मालपोत कार्यालय बाहिरका लेखापढी गर्ने व्यवसायी मुक्तिनाथ कानुनी सेवाका सञ्चालक अभिषेक कार्की रहेका छन् ।जग्गा कित्ताकाँट गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय मनमैजुका सर्वेक्षक उपरकोटीलाई कार्यकक्षबाटै खानतलासी गरेर आवश्यक कागज गरी राती ८ बजे अख्तियारको टोलीले प्रक्राउ गरेको छ । उपरकोटीको साथबाट १ लाख ८५ हजार ३८८ रुपैयाँ नगद रकम सहित पक्राउ गरिएको छ । त्यस्तै लेखापढी व्यवसायी अभिशेक कार्की घुस रकम र चेकसहित नियन्त्रणमा परेका छन् ।सेवाग्राहीलाई जग्गा कित्ताकाट गराइदिने प्रलोभनमा नापी सर्वेक्षक उपरकोटीले लेखापढी व्यवसायी कार्कीमार्फत घुस रकम डिल गरेका थिए ।
घुस मागिएको सूचना पाएपछि अख्तियारको टोली आज दिउँसो नापी कार्यालय मनमैजु पुगेको थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवत्ता भोला दाहालकाअनुसार नापी कार्यालय मनमैजुका सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीले जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएर गएको टोलीले निज सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई सेवाग्राहीबाट रु. १,७५,०००।– (एक लाख पचहत्तर हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिई खानतलासी गर्दा श्रोत नखुलेको रु. ७,६९,५००।– (सात लाख उनन्सत्तरी हजार पाँच सय रुपैया) र अभिशेक कार्कीको नाममा काटिएको रु. १६,००,०००।– (सोह्र लाख रुपैयाँ) को चेक थान–३ र सर्भेक्षक रमेश उपरकोटीको साथबाट श्रोत नखुलेको रु. १,८५,३८८।– (एक लाख पचासी हजार तीन सय अठासी रुपैयाँ) सहित नापी कार्यालय, मनमैंजुबाट दुई जनालाई नै नियन्त्रमा लिई अख्तियारले अनुसन्धान गरिरहेको छ ।-साझा पाना

