TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • ‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित November 15, 2026
  • खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान November 14, 2026
  • एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए November 13, 2026
  • लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा  November 13, 2026
  • सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो November 13, 2026

गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री

  • Avatar photo

    TOKHA LIVE

  • March 29, 2023
गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

टाेखालाइभ डट कम/ चैत १५ , २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको गठबन्धन सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको आयोजनामा आजदेखि यहाँ सुरु भएको न्यायिक समिति राष्ट्रिय सम्मेलनमा कामपाको प्रमुख बालेन्द्र साहले केन्द्र सरकार लामो समय टिकिरहे स्थानीय तहलाई काम गर्न सजिलो हुने भनेपछि प्रधानमन्त्री दाहालले उक्त जवाफ दिनुभएको हो । प्रधानमन्त्री दाहालले निर्वाचनपछि लगातार आफ्नै नेतृत्वमा सरकार अगाडि बढिरहेको भन्दै उहाँले पाँच वर्षसम्म सरकार अस्थिर नहुने प्रष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले संविधानले परिकल्पना गरेको समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी पनि स्थानीय तहको हो भन्दै संविधानको मर्म र भावनअनुरुप समाजवादको आधार तयार पार्नसमेत न्यायिक समितिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । नागरिकको मनमा सरकार भन्ने वित्तिकै स्थानीय जनप्रतिनीधि र कर्मचारी अग्रपङ्तिमा आउने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नागरिकलाई अपनत्व बोध गराउनेगरी स्थानीय तह र जनप्रतिनिधिले काम गर्नुपर्ने सुझाव दिनुभयो । साथै प्रधानमन्त्री दाहालले संविधान र कानुनको व्यवस्था बमोजिम काम गर्न सबै स्थानीय तहलाई जनताका काम गर्न आग्रह गर्नुभयो ।

न्यायिक समितिमार्फत हुने न्याय निरुपणले सेवाग्राही आर्थिक भारबाट मुक्त हुने, सामाजिक एकता कायम हुने, झनझटमुक्त न्याय प्राप्त हुने हुँदा यसको थप व्यवस्थापको लागि केन्द्र सरकारले विशेष ध्यान दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । न्याय सम्पादनमा स्थानीय तहको एकरुपता कायम गर्न, अनुभवको आदानप्रदान गर्न, केन्द्र सरकासँग समन्वय गर्न र समस्याको केन्द्रीकरण र समाधानको साझा प्रयासका लागि यस्ता सम्मेलन थप प्रभावकारी हुने प्रधानमन्त्री दाहालको विश्वास छ । कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनताको चाहाना र आवश्यकताअनुसार काम गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले सेवाग्रहीलाई सेवा दिने सन्र्दभमा स्थानीय सरकार थप जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा कामपाका प्रमुख साहले स्थानीय तहबाटनै पीडितले न्याय पाउने वातावरण सृजन गर्न सबै न्यायिक समितिलाई शुभकामना दिनुभयो । कार्यक्रममा न्यायिक समिति संयोजक तथा कामपाको उपप्रमुख सुनिता डङ्गोलले कामपाले देशभरकै स्थानीय तहमा न्यायसम्पादनको अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । सम्मेलन भोलिसम्म सञ्चालन हुनेछ । सम्मेलनमा देशभरिका करिब पाँच सय ५० जना जनप्रतिनिधि सहभागी छन् । – (रासस)

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित

‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित

November 15, 2026
खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान

खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान

November 14, 2026
एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

November 13, 2026
लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

November 13, 2026
सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

November 13, 2026
‘रामायण’ ले नेपालमा कति कमायो ?

‘रामायण’ ले नेपालमा कति कमायो ?

November 13, 2026
  • छुटाउनुभयो कि? सबै
    ‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित

    ‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित

    खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान

    खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान

    एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

    एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

    लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

    लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol