• TOKHA LIVE

    • १३ चैत्र २०७९, सोमबार २२:१४

    सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने माग गर्दै मिटर ब्याज पीडितको प्रदर्शन

    टाेखालाइभ डट कम/चैत्र १३, २०७९

    सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने माग गर्दै मिटर ब्याज पीडितले आज प्रदर्शन गरेका छन् । मिटर ब्याज पीडित सङ्घर्ष समितिको नेतृत्वमा आयोजित प्रदर्शनमा उनीहरुले मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, मिटर ब्याजविरुद्ध कानुन निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर्नुपर्ने लगायतका माग राख्दै आज वीर अस्पतालको अगाडि सडकमा प्रदर्शन गरेका हुन् । विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौँ आइपुगेका मिटर ब्याज पीडितलाई महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि वीर अस्पताल नजिकै सडकमा प्रदर्शन गरेका हुन् । सङ्घर्ष समितिले आफूहरुलाई खुल्लामञ्च प्रवेशमा रोक लगाएकोप्रति विरोध जनाउँदै न्यायका लागि अपिल गरेका हुन् । खुला मञ्चमा विरोध कार्यक्रम गर्न आइतबार नै महानगरपालिकाका र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरे पनि त्यसबारे सुनुवाइ नभएपछि, खुल्लामञ्च प्रवेश गर्न नपाएपछि मिटर ब्याज पीडितहरुले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहविरुद्ध नाराबाजीसमेत गरेका थिए ।photo;DcNepal

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै