• TOKHA LIVE

    • १३ चैत्र २०७९, सोमबार ०६:४६

     नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको नयाँ नेतृत्वद्वारा ३६ बुँदे कार्ययोजना सार्वजनिक

    टाेखालाइभ डट कम/चैत्र १३, २०७९

    काठमाडौँ — नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको नयाँ नेतृत्वले नयाँ कार्ययोजना आइतबार प्रतिष्ठानको सभाहलमा सार्वजनिक गरेको छ । प्राथमिकताका आधारमा अल्पकालीन, दीर्घकालीन तथा नीतिगत रणनीति बनाउँदै प्रतिष्ठानले ३६ बुँदे रणनीति सार्वजनिक गरेको हो । राष्ट्रिय ललितकला प्रदर्शनी – २०८० सहित, देशव्यापी नेपाली कला र कलाकारको सर्भेक्षण, सगरमाथा-काठमाडौं कन्टेम्पोररी आर्टसमिट, नेपाली कला र दिग्गज कलाकारको वृत्तचित्र निर्माण, हस्तकला-लोककला परम्परागत कला महोत्सनदेखि कलाकार कल्याण कोषलगायतका कार्ययोजना सार्वजनिक गरिएको हो । संस्थाले नेपाली कला प्रवर्द्धन, संवर्द्धन, संरक्षण तथा विकासका काम गर्ने लक्ष्य लिएको नवनियुक्त कुलपति नारदमणि हार्तम्छालीले बताएका छन् ।

     

    ३६ बुँदे कार्ययोजनामा देशव्यापी नेपाली कला र कलाकारको सर्भेक्षण विकास, संरक्षण एवम् प्रवद्र्घनका गर्ने लक्ष्य लिएको कार्ययोजना अवधारणा पत्रको सदस्य–सचिव देवेन्द्र कुमार काफ्ले(थुम्केली)ले प्रस्तुत गर्नुभएको हो।

    कार्ययोजना सार्वजनिक कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीज्यूको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य–सचिव देवेन्द्र कुमार काफ्ले(थुम्केली),  वास्तुकला तथा अन्य सिर्जनात्मककला विभाग प्रमुख सौरगंगा दर्शनधारी र समसामयिक चित्रकला विभाग प्रमुख सन्जय बान्तवा लगायत   प्रतिष्ठानका दाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नेपालमा विकसित र प्रचलित कलाको संरक्षण, संवद्र्घन, प्रवद्र्घन अर्थात
    सर्वाङ्गिण विकास गर्ने लक्ष्यका साथ स्थापित संस्था हो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, ऐन २०६४
    अनुरुप स्थापित यस संस्थाले नेपाली कला संवद्र्घन, प्रवद्र्घन, संरक्षण तथा विकासका काम गर्ने लक्ष्य
    राखेको छ । यसै अनुरुप प्रतिष्ठानमा नयाँ नेतृत्व आइसकेपछि नेपाली कला क्षेत्रको विकासका निम्ति
    केही अवधारणागत ३६ बुँदा सहित ललितकला प्रज्ञा–प्रतिष्ठानले अघि सारेका  छन् ।प्रतिष्ठानले मुलतः अल्पकालीन, दीर्घकालीन तथा नीतिगतरूपमा  रणनीति बनाउँदै काम गर्ने लक्ष्य लिएको कार्ययोजनामा उल्लेख छ ।

    ३६ बुँदे कार्ययोजना यस्ता छन् ।

    १. गणतन्त्र दिवसको दिन(जेठ १५ गते) राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० गर्ने ।
    २. रेनोभेसन÷कन्जर्भेसन प्रशिक्षण गर्ने ।
    ३. राष्ट्रिय ललितकला सम्मेलन गर्ने ।
    ४.  देशव्यापी नेपाली कला र कलाकारको सर्भेक्षण गर्ने ।
    ५. खोज अनुसन्धान कामलाई तीब्रता दिने ।
    ६. जर्नल÷पत्रिका÷पुस्तक प्रकाशन ।
    ७. विद्वतवृति प्रदान ।
    ८. सगरमाथा÷काठमाडौं कन्टेम्पोरेरी आर्ट समिट गर्ने ।
    ९. प्रादेशिक प्रदर्शनी गर्दै राष्ट्रिय ललितकला प्रदर्शनी गर्ने(प्रदेश सरकारसँग समन्वय
    गर्दै) ।
    १०. वृतचित्र निर्माण – (नेपाली कला र दिग्गज कलाकारको)
    ११. हस्तकला ÷लोककला÷परम्परागत कला महोत्सव गर्ने ।
    १२. सातै प्रदेशमा एक–एकवटा कलाको हव÷केन्द्र बनाउने ।
    १३. नियमित कलासम्बन्धी प्रशिक्षण÷कार्यशाला÷गोष्ठी÷अन्र्तक्रिया सञ्चालन गर्ने ।
    १४. सङ्ग्रहालय (समसामयिक÷लोक÷हस्त÷परम्परागत कला) (लक्ष्य सातै प्रदेशमा पनि संग्रहालय
    बनाउन पहल गर्ने)
    १५.सातै प्रदेशमा क्रमश ललितकलाको प्राज्ञिक सम्पर्क शाखाहरु खुल्दै  जाने ।
    १६. अन्य प्रज्ञा–प्रतिष्ठान, विश्वविद्यालय तथा सरोकारी संघ संस्थासँग मिलेर नेपाली कला र
    संस्कृतिको व्यापक बहस गर्दै सैद्घान्तिकरण गर्ने ।
    १७ .राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कला प्रदर्शनी कार्यशाला तथा गोष्ठी गर्ने ।
    १८. कलाग्राम निर्माण गर्ने लक्ष्य ः
    १९. मुर्ति उद्यान निर्माणका निम्ति पहल गर्ने ।
    २०.कलालेखनवृति प्रदान गर्ने ।
    २१ . कलाकार कल्याण कोष बनाउने ।
    २२. कलाकार परिचय–पत्र व्यवस्थित गरी वितरण गर्ने ।

    २३ . कला र संस्कृतिसँग सम्बन्धित विभिन्न प्रज्ञा–प्रतिष्ठानहरु, निकाय तथा संस्थासँग समन्वय
    गर्ने । (विश्वविद्यालय, पुरातत्त्व विभाग, संग्रहालय, आदि )
    २४ . प्रदेश तथा पालिका सरकारसँग समन्वय गर्दै स्थानीय(रैथाने) कला र संस्कृतिको प्रवद्र्घन,
    संवद्र्घन, संरक्षण तथा विकासका निम्ति पहल गर्ने ।
    २५. कलालाई पर्यटनसँग जोड्दै आर्थिक उपार्जन तथा कला प्रचार प्रसार गर्ने कार्यक्रम
    बनाउने ।
    २६ . नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कार्यक्षेत्रलाई मध्येनजर गरी नीतिगत
    कमिकमजोरीलाई सुधार गरी ललितकला क्षेत्रको विकासको निम्ति आवश्यक नीति निर्माण गर्न
    पहल गर्ने ।
    २७. ललितकलालाई आर्थिक उपार्जनसँग जोडेर रोजगारी सिर्जना गर्नको निम्ति नीति निर्माण
    गर्न पहल गर्ने ।
    २८ .ललितकलासँग सम्बन्धित सामग्री÷कच्चा पदार्थमा देखिएको कानुनी झन्झट हटाउन
    नीतिगत सुधारका निम्ति पहल गर्ने ।

    २९. भन्सारसँग सम्बन्धित झन्झट सहज बनाउन नीतिगत सुधारका निम्ति पहल गर्ने ।
    ३०. प्रतिष्ठान कार्यक्षेत्रलाई मध्येनजर गरी नीतिगत कमीकमजोरीलाई सुधार गरी समग्र
    ललितकला क्षेत्रको विकासका निम्ति समसामयिक आवश्यक नीति निर्माण गर्न पहल गर्ने ।
    ३१. कतिपय अल्पकालीन तथा आवधिक दीर्घकालीन कार्ययोजनालाई नीतिगतरूपमा सम्बोधन
    गरी गुरुयोजना मार्फत तिनलाई नियमितरूपमा सञ्चालन गर्न सहज प्रावधान बनाउने ।
    ३२ .संघ÷प्रदेश÷पालिकालाई ललितकला क्षेत्रको विकास, प्रवद्र्घन, तथा संरक्षणका लागि गठित कला

    प्रतिष्ठानरूपमालाई अभिप्रेरित गर्न विधागत नीति निर्माणमा सहजीकरण गर्ने ।
    ३३. पुरातत्त्व÷अभिलेखालय आदिसँग समन्वय गरी कला संरक्षणका कामहरु गर्न नीतिगतरुपमै
    सुधा गर्न पहल गर्ने ।
    ३४.ललितकलालाई अन्य क्षेत्रसँग जोड्दै आर्थिक उन्नतिमा लैजान नीतिगत सम्बोधनका
    निम्ति सरकारसँग पहल गर्ने ।
    ३५. नेपालमा परम्परागत चित्र÷म७त्रगयतसर्तिकला लोककला÷हस्तकलाको प्रवद्र्घनात्मक कार्य गरी रोजगारी
    तथा आर्थिक उन्नतिका लागि सहज वातावरण बनाउन सरकारसँग पहल गरी नीति निर्माण गर्ने ।
    ३६. ललितकला विषय जुन सिपमुलक कार्य हो यस सम्बन्धी पाठ्यक्रममा निर्माण गरी
    रोजगारी सिर्जना तथा मौलिकताको संरक्षणमा जोड् दिने नीति निर्माणका लागि पहल गर्ने

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै