• TOKHA LIVE

    • ७ चैत्र २०७९, मंगलवार १९:०४

    राष्ट्रिय फुटबल टिमको घोषणा, ७ नयाँ अनुहार

     

    टोखा लाइभ।७ चैत्र २०७९

    काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपका लागि सात नयाँ खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले मंगलबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरेका छन् ।

    पहिलो पटक टिममा स्थान बनाउने खेलाडीमा गोलकिपर अभिषेक बराल, डिपेन्डरद्वय सनिष श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डद्वय नवीन लामा र मणिकुमार लामा तथा फरवार्डद्वय सुमित श्रेष्ठ र दीपकसिंह ठकुरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्।

    नेपाली राष्ट्रिय टिमका दर्जन बढी खेलाडी अस्ट्रेलिया पलायन भएपछि एकैपटक सात जना नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका हुन्।
    घोषित २३ सदस्यीय टिमको कप्तानमा किरण लिम्बू रहेका छन् । उनीसँगै गोलरक्षकमा अभिषेक बराल र दीप कार्की छन् ।

    यस्तै डिफेन्डरमा सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पद्म भट्टराई, आदित्य चौधरी र निशान खड्का छन् । मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणीकुमार लामा र भरत खवास छन् ।

    फरवार्डमा भने आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अञ्जन विष्ट, अनिश चौधरी, सुमित श्रेष्ठ र मनीष डाँगी छन् ।

    नेपालले उद्घाटन खेलमा भोलि साँझ ६ बजे लाओससँग खेल्नेछ। यस्तै नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ। त्यसअघि माघ ११ मा लाओस र भुटानबीच खेल हुनेछ।
    समूह चरणका सबै खेल साँझ ६ बजे सुरु हुनेछन्। फाइनल चैत १७ मा साँझ ५:३० बजे हुनेछ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै