टाेखालाइभ डट कम/ नविना श्रेष्ठ
चैत्र २ ,२०७९
आजदेखि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य बढाएको छ। संस्थानले बिहीबारदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाएको छ। डीडीसीका महाप्रबन्धक सञ्जीव झाले आजदेखि बजारमा नयाँ मूल्यअंकित प्याकेट दूध बजारमा पठाइएको जानकारी दिनुभयो। महाप्रवन्धक झाले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी दिएका छन्। दूधको मूल्य १६ रूपैयाँसम्म बढेको छ। भने संस्थानकाअनुसार स्टान्डर्ड दूध (निलो प्याकेटमा) प्रतिलिटर ११ रुपैयाँ बढेको छ। प्रतिलिटर ८६ रुपैयाँ रहेकोमा आजदेखि बढेर ९७ रुपैयाँ पुगेका छन्। गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ। भने गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ। क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढेको हो। हरियो प्याकेटको दूधको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ पुगेको छ।


