• TOKHA LIVE

    • १ चैत्र २०७९, बुधबार १७:५७

    कतारमा हुने दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपाल सहभागी

    टाेखालाइभ डट कम/चैत्र १ ,२०७९

    कतारको दोहामा हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालले सहभागिता जनाएको छ । उक्त प्रदर्शनीमा भाग लिन महासङ्घका उपाध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक गोविन्द घिमिरेको नेतृत्वमा आज २१ निर्यात व्यवसायी कतार प्रस्थान गरेको महासङ्घका कार्यालय सचिव दीपेश घिमिरेले जानकारी दिनुभयो ।घिमिरेले उक्त प्रदर्शनीमा नेपालका तर्फबाट चिया, जडीबुटी, अलैँची, अदुवा, डेरीका उत्पादन तथा वस्तुगत सङ्घको प्रतिनिधित्व रहने  बताउनुभयो । कतारस्थित दोहा कन्भेन्सन केन्द्रमा आजदेखि मार्च १९ सम्म हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालबाट नेपाल निर्यात व्यवसायी महासङ्घले भाग लिएको हो । सोही प्रदर्शनीमा अल्टरनेटिभ हर्बल प्रोडक्टस् प्रालि, हिमालयन बायो ट्रेड, कन्चनजङ्घा टिस्टेट, इलाम टी उत्पादन कम्पनी, जडीबुटी उत्पादन कम्पनी लिमिटेड, एभरेष्ट लार्ज कार्डमम् उद्योगको सहभागिता रहनेछ । कतार सरकार, नेपाल सरकार नेपाली राजदूतावास, निर्यात व्यवसायी महासङ्घको संयुक्त प्रयासमा छ दिने मेलामा सहभागिता जनाइएको हो । कतार र नेपालको व्यवसायिक सम्बन्ध वैदेशिक रोजगारको गन्तव्य देश मात्र नभई नेपालका मौलिक उत्पादनको पहिचान र प्रवरद्धनका लागि मेलामा सहभागी भएको जनाइएको छ ।प्रदर्शनीमा नेपाल र कतारका व्यवसायीबीच ‘विटुवी मिटिङ’ र व्यावसायिक सम्झौता गरिने महासङ्घले जनाएको छ । कतार र नेपालको व्यावसायिक सम्बन्धमा उक्त प्रदर्शनी र दुई संस्थाबीच हुने सम्झौताले नेपालका मौलिक उत्पादन र निर्यात व्यापार प्रवर्द्धनमा थप सहयोग पुग्ने महासङ्घले विश्वास लिएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै