Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
टाेखालाइभ डट कम/फाल्गुन १५ ,२०७९
फागुको चीर फागुन शुक्ल अष्टमीका दिन आज बिहान वसन्तपुरस्थित हनुमानढोका दरबार अघि फागुको चीर ठड्याइएपछि विधिवत्रूपमा फागु पर्व सुरु भएको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ७ः४५ बजेको साइतमा चीरोत्थान गरिएको छ । फागुन शुक्ल अष्टमीका दिन बिहान चीर ठड््याएपछि उपत्यकामा फागु पर्व सुरु गर्ने परम्परा छ । हनुमानढोका दरबार क्षेत्रमा मानन्धर समूहले चीर ठड्याउने परम्परा छ । राजधानीलगायत पहाडी जिल्लामा फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म फागुपर्व हर्षोल्लासका साथ मनाइन्छ । चीर ठड्याइएसँगै वसन्तपुरमा रङ्गीविरङ्गी रङ्ग खेली मानिसले खुसी मनाएका थिए । फागुन शुक्ल पूर्णिमाका दिन बेलुकी उक्त चीर ढालिन्छ । यसका लागि पनि समितिले शुभसाइत निर्धारण गरिन्छ । पूर्णिमाकाकै दिन राति चीर घिसारेर टुँडिखेल लगी जलाएपछि फागु पर्व सकिन्छ । यस वर्ष पहाडी जिल्लामा फागुन २२ गते सोमबार र तराईका जिल्लामा फागुन २३ गते मङ्गलबार फागु पर्व मनाइँदै छ ।photo/samachardesk

