टाेखालाइभ डट कम/नविना श्रेष्ठ
फागुन २,२०७९
आज संसार भरी भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाईदै छ। प्रेम दिवसको सबैलाई शुभकामना प्रेम दिवस जस्तै सधा सधैं भरि एकअर्कालाई माया बढिरहोस प्रेम सम्बन्ध जस्तै होस ,सबैलाई गर्ने मायामा कसैलाई पनि नराम्रो भनु नपर्ने होस् । आज जति प्रेम सम्बन्ध मनाउने प्रक्रिया छ । अझै अबको दिन हरूमा पनि यो भन्दा राम्रो र नयाँ तरिकाले सधैं भरि विशेष गरि मनाउने चल आएमा अझ राम्रो हुनेछ। आजकै दिनमा फेस्बुक पत्रपत्रिकामा कति चासोको विषय भन्छ। प्रेम दिवस सधै यस्तै चासोको विषय बन्छ। प्रेम सबन्ध तपाईं जहा जस्तो ठाउँमा हुनुहुन्छ ।सबैलाई प्रेम दिवसको शुभकामना छ। प्रेम शब्द आफै मा महान शब्द हो। भ्यालेन्टाइनको प्रेम उत्सर्ग र विद्रोहलाई जीवित राखेर हर प्रेमी, प्रेमिकामा अमर प्रेम गर्न उत्प्रेरित गर्ने भ्यालेन्टाइन डे इटली हुँदै आज विश्वव्यापी बन्दै हाम्रो देशमा पनि फैलिरहेको छ । नश्वर शरीरको अमर अजर प्रेमको कहानी आज पनि हर प्रेमिल मनहरुको स्पन्दनमा स्पन्दित रहेको छ।
तसर्थ प्रेमको शक्ति र सामाथ्र्य अपराजित र अप्रितम छ । आध्यात्मिक प्रेम जीवनको आदर्श हो । शैली हो । व्यबहार हो । जीवन शान्ति हो ।प्रेमले डाह गर्दैन,प्रेममा डर हुदैन प्रेम ले भरोषा गर्दछ । प्रेम के सधै बिश्वास गर्दछ।अनि यो सारा संसार प्रेममा नै अडिएको छ।प्रेम बिहिन ब्यक्ती खोइ कोहि होला र? जति सुकै क्रुर र तानाशाह भए पनि निश्चित ब्यक्ती संग प्रेममा झुकेको हुन्छ।प्रेमको तागत तौल गर्न सक्ने यन्त्र नबन्नु कै कारण धेरै वजनदार भएर होला। #प्रणय_दिवस आज संसार भरी भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाउने चलन छ।विशेष गरि युवायुबतीको निमित्त आजको दिन एउटा चाड पर्व जस्तै नै हो। भ्यालेन्टाइन नामका एक धर्मगुरु एक सहिद भन्ने भनाइ छ ।
रोमी सम्राट क्लडियस द्वितीयका सेनामा अविवाहित जवानमात्र भर्ना गर्ने प्रचलन थियो। अबिबाहितहरु बलिया र लडाइमा क्रुरतापुर्बक युद्व गर्न सक्छन । भन्ने मान्यता त्यसबेलाका शासकको थियो। तर धर्म गुरु भ्यालेन्टाइनले गोप्य रूपमा जवानहरूको विवाह गर्ने कार्य गरे र ख्रीस्टाब्द २७० यो कुरो थाहा पाएर भ्यालेन्टाइनलाई मृत्यु दण्ड दिइयो। दोस्रो किंबदन्ति यिनै भ्यालेन्टाइन जो सम्राट क्लडियसका कैदी थिए। उनी बन्दीगृहका जेलरकै छोरीसँग प्रेममा फसे । र मृत्युदण्डको अघि उनले एउटा पत्र आफ्नी प्रेमिकालाई पठाएका थिए। र पत्रको अन्त्यमा “तिम्रो भ्यालेन्टाइन” भनी पत्रमा हस्ताक्षर गरिएको थियो। अर्को प्रसिद्ध भनाइ छ। यी भ्यालेन्टाइन भन्ने धर्मगुरु शारीरिक प्रेमको निम्ति हैन तर ईश्वर प्रतिको प्रेम, भक्तिको निम्ति मारिएका थिए, किनभने उनले आफ्नो धर्म त्याग गर्न मानेनन्। 1969 इश्वीमा (52 वर्ष अघि) क्याथोलिक चर्चले सबै पुराना सन्तहरूको बारेमा पक्का, आधिकारिक तथ्याङ्क संकलन गर्ने कार्य गर्यो । ऐतिहासिक भन्दा पनि परम्पराका आधारमा सन्त मानिएका..सन्तहरूका नाउँ मेटाउने काम भएको थियो। प्रसिद्ध भ्यालेन्टाइनको नाउँ पनि मर्यादाको स्थानबाट हटाइयो। भने गिर्जाघरले हटाएर के गर्ने ? जवान जवानीको र यो पुस्ताको दिमागबाट कसरी हटाउने? र आज को पुस्ता मरिहत्ते गरेर सेन्ट भ्यालेन्टाइनलाई प्रणयदेव, प्रेम को प्रतीक, मायाको विश्व आकाशमा मुटुको धडकन मानिरहेको छ। चमक्क चम्किलो तारा मानेर हुरुक्कै भएको छ। Happy Valentines Day

