• TOKHA LIVE

    • १ फाल्गुन २०७९, सोमबार २२:००

    रास्वपा तत्काल सरकारमा नजाने

    टाेखालाइभ डट कम/फागुन १,२०७९

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्कालका लागि सरकारमा सहभागी नहुने निर्णय गरेको हो । पूर्वसहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय भएको पार्टीमा केन्द्रीय समिति विस्तार गरी ४० सदस्यीय बनाएको छ । २४ सदस्यबाट १६ जना थप गर्दै ४० सदस्यीय बनाएको हो । बैठकले निशा मेहता, विन्दवासिनी कंसाकार, रूपा शङ्कर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका सङ्ग्रौला ज्वाला, हरि भट्ट, ध्रुव गिरी, लीमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्रीलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको बताएको छ । बैठकले आगामी वैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनमा जान तयार रहने निर्णय पनि गरेको छ । सर्वोच्च अदालतले माघ १३ गते पार्टी सभापति लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि रास्वपाका सभापति रवि छामिछानेले राजीनामा दिनुभएको हो । गृह मन्त्रालय नपाएपछि रास्वपाले सरकारलाई दिएको समर्थन यथावत् राख्दै २२ माघमा सरकारबाट बाहिरिएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै