• TOKHA LIVE

    • १ फाल्गुन २०७९, सोमबार १८:४४

    काठमाडौँमा अनिश्चितकालिन सार्वजनिक यातायात बन्दको घोषणा

    टोखा लाइभ। फागुन १, २०७९

    काठमाडौँ– यातायात मजदुरहरुले काठमाडौ‌मा अनिश्चितकालिन सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् ।

    सोमबार काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा ट्राफिक नियमबिरुद्ध सवारीसाधन तेर्साएर सडक अवरुद्ध गर्दै अनिश्चितकालिन सार्वजनिक यातायात बन्दको घोषणा गरेका हुन् ।

    ५ पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमबिरुद्ध यातायात मजदुरहरूले सोमबार नयाँ बषपार्क क्षेत्रको सडकमा प्रदर्शन गरेका छन् ।

    प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडपसमेत भएको छ । प्रहरीको २ वटा गाडीमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै