टाेखालाइभ डट कम/माघ २९,२०७९
आज त्रिभुवन विश्व विद्यालयद्वारा आयोजीत विभिन्न विषयको स्नातकोत्तर तहको प्रवेश परिक्षामा देशकै ठूलो मानवीकी क्याम्पस रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अध्ययन गर्न नेवाः देय् दबूका महासचिव सत्यनारायण डंगोल,देय् दबूका सचिव राजन डंगोल, नेपालभाषाका बरिष्ठ गायक यवम नेपाल लीपी गुथीका प्रशिक्षक पवित्र कसाः अमर कलेजका प्रधानाध्यापक हरि दास श्रेष्ठ, नेपालभाषा अभियान्ता प्रशान्त डंगोल नेपालभाषा क्षेत्रका शिक्षक शिक्षीका हरुको बाक्लो उपस्थितिमा त्रिभुवन विश्वबिद्यालय घण्टाघर भवनमा समापन भएको छ । सो परिक्षामा नेपालभाषा केन्द्रीय विभागको तर्फबाट ३५ जना परिक्षर्थीहरु परिक्षामा सामेल भएकोमा नेपालभाषा चलचित्र नायीका तथा भाडगाउँले टेलिभिजनका प्रस्तोता सकुन्तला लगाउतको उपस्थिति थिए ।केन्द्रिय बिभाग मै नेपालभाषा स्नात्तक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरु ह्रास हुदै गइरहेको अवस्थामा नेपालभाषा अभियान्ता प्रशान्त डंगोल,रिदेन मर्हनको सकृयतामा २०७३ सालमा क्रीतिपूरको ह्वाकुचा तोलबाट सुरु गरेको नेपालभाषा अभियान तब मात्र साकार भयो जब रत्न राज्य लक्ष्मी क्याम्पसमा १० जना बिद्यार्थी नेपालभाषा बिषयमा भर्ना भए र क्याम्पस प्रसाशनले नेपालभाषा बन्द भएको करिब पन्द्र बर्ष पस्चात पुनःनेपालभाषा अध्ययन गर्ने धोका खुला गरे त्यो दिन हो २०७४ साल चैत १४ गते। निवर्तमान क्याम्पस प्रमुख प्रा.डा.नर्मला कुमारी सुवालले स्विकृति दिय पस्चात स्नातक तहमा नेपालभाषा पुनःस्थापना कार्य सफल भएको हो ।

नेपालभाषा अभियान्ताहरुकै पहलमा २०७५ साल श्रावण महिना ११ गते पहिलो पटक गुरु पूर्णिमा को उपलक्ष्यमा रत्न राज्य लक्ष्मी क्याम्पसमा गुरुहरुलाइ सम्मान कार्यक्रम आयोजना गरियो ।नेपालभाषा अभियान लाई निरन्तर सक्रीय बनाउनका लागी र नेपालभाषा अध्ययनरत विद्यार्थीहरुलाई विविध अतिरिक्त क्रियाकलापहरुमा सक्रिय बनाउने उद्येस्यले नेवाः विद्यार्थी यूनियन स्थापना गरि नेपालभाषा अध्यनरत विद्यार्थीहरुलाई अध्ययनको अलावा विविध रचनात्म कृयाकलापमाहरुमा सकृय बनाउने उद्येस्यले शैक्षिक भ्रमण,वनभोज,हाइकिङ,सांस्कृतिक अवलोकन भ्रमण जस्ता विविध गतिविधिहरु सज्चालन गर्दै अघि बधिरहे।
२०७६ सालमा रत्न राज्य क्याम्पसमा स्नातकोत्तर तहमा नेपालभाषाको अध्यापन सुरु गर्ने उद्येश्यले अभियान सुरु गरेर तर त्रिविको विविध प्रावधानहरु कारण,सृजित विविध वाधाअवरोधहरुले गर्दा स्नातकोत्तर तहमा नेपालभाषा अध्यापन सुचारु गर्ने नेपालभाषा अभियान्ताहरुको सपना साकार भएन । तै पनी नेपालभाषा अभियान्ताहरु चुपलागेर बसेन नेपालभाषा अभियान्ताहरुले विभिन्न स्तरका अन्तरकृया कार्यक्रमहरु आयोजना गर्दै । स्नातकोत्तर तह मा नेपालभाषा अध्यापन गराउने आधारभुत पुर्वाधारहरु तयार गर्दैलगे क्याम्पस प्रशासन संगको सहकार्यमा । क्याम्पसकै स्वूकृतिमा नेपाभाषा स्नातकोत्त तहको स्थापना गर्नको लागी निर्वतमान काठमाडौं महानगरपालीका प्रमुख बिद्याशुन्दर शाक्य को उदार बादी मनका कारण ५ बर्ष सम्म बार्षक १५ लाख कोष उपलब्ध गराउने सम्झौता भए पस्चात २०७८ साल कार्तिक २६ गते शुक्रबार देखी रत्न राज्य लक्ष्मी क्याम्पसमा स्नातकोत्तर तहको अध्यापान विधिवत सुरुवात भयो ।

स्नातकोत्तर तहको पहिलो सैक्षिक सत्रमा २३ जना अध्ययनरत प्रथम सेमेस्तरमा कृता बज्राचार्यले तप गरेका छन्।स्नातकोत्तर तहमा नेपालभाषा विषयमा उत्कृस्त नतिजा ल्याउने दुई जना विद्यार्थीलाई क्याम्पसको तर्फबाट छात्रबृति को पनी व्यवस्था र गरिएको छ ।रत्न राज्य लक्ष्मी क्याम्पसमा ने.सं१००१ मा स्थापना भएको “सुकुन्दा” साहित्य पाःलाः १८ बर्ष पछि मंसिर २८गते बुधबार पुनः प्रकाशनमा ल्याएको छ । नेपालभाषा अध्ययन अध्यापन सुव्यवस्थित गर्न नेपालभाषा अभियान्ताहरु अह्रो रात्र खतिरहेका छन्।अभियान्ताहरुकै सक्रियतामा पुस्तकालयमा नेपालभाषाका पुस्तक हरु राख्ने ई लाइब्रेरीमा नेपालभाषाका पुस्तकहरु राख्ने आर्काइवसंग ईलाइब्रेरी लिङ्कअप गर्ने कार्य भैरहेको छ ।बिद्याथीहरुको चाप बधे संगै नेपालभाषा अध्ययन अध्यापन सुव्यवस्थित पार्नकोलागी शिक्षक शिक्षिकाहरुले पनी नेपालभाषाको छुटै दिर्पाटमेन्त स्थापना गर्न क्याम्पस प्रशासनसंग बार्ता भइरहेको जानकारी गरेका छन्।

