• TOKHA LIVE

    • २९ माघ २०७९, आईतवार ०५:४७

    चिकित्सकमाथि हातपात गरेको विरोधमा आइतबार देशभरका स्वास्थ्य सेवा बन्द

    टोखा लाइभ। २९ माघ २०७९

    काठमाडौं। नेपाल चिकित्सक सङ्घले आज आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ।

    आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय चिकित्सक सङ्घले जनाएको छ।

    शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठ्ठीजार्चको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको सङ्घले जनाएको छ।

    शनिबार एक विज्ञप्ति जारी गर्दै सङ्घले माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको भन्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै