• TOKHA LIVE

    • २७ माघ २०७९, शुक्रबार २०:५३

    रग्बी लिग आइतबारदेखि

    टोखालाइभ डट कम/ माघ २७ , २०७९

    नेपाल रग्बी सङ्घको आयोजनामा तेस्रो रग्बी लिग यही माघ २९ गतेदेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने उक्त प्रतियोगितामा विभिन्न चार टोलीको सहभागिता रहने नेपाल रग्बी सङ्घले आज आयोजित पत्रकार सम्मेलनमा बताएको छ । प्रतियोगितामा आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिङ्गल राउन्ड रोबिन पद्दतिमा प्रतिस्पर्धा गर्नेछन् ।हिमालयन टाइगरमा दुई विदेशी खेलाडी रहेका छन् भने गोर्खालीको टोलीमा इङल्यान्ड र फिजीका एक–एक खेलाडी छन् । प्रतियोगितामा यही माघ २९ गते, फागुन ३ गत र फागुन ६ गते समान दुई–दुई खेल हुनेछ । बाँकी दुई टोलीमा विदेशी खेलाडी नरहेको आयोजकले जनाएको छ । यसअघि भएको पहिलो संस्करणको खेलमा आर्मी र दोस्रो संस्करणको खेलमा गोर्खाली रग्बी क्लबले उपाधि जितेको थियो ।photo /Nabina shrestha/tokhalive;

    Facebook Comments

    छुटाउनुभयो कि? सबै