• TOKHA LIVE

    • २७ माघ २०७९, शुक्रबार १३:३०

    १० करोड घुस मागेको अडियो भेटिएपछि विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

    टोखा लाइभ। माघ २७, २०७९

    काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएका छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका सहप्रवक्ता टेकनारायण पौडेलका अनुसार ठाकुरले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडियो सामग्री प्राप्त भए पछि उनलाई निलम्बनको निर्णय भएको हो ।

    उक्त अडियोबारे जाँचबुझ गर्नको लागि पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको उनले बताए ।

    अडियोमा ठाकुरले १० करोड घुस मागेको सुनिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तत्कालीन महाप्रबन्धक भोलाप्रसाद गुरागाईं उमेरहदका कारण सेवानिवृत्त भएपछि ठाकुर २०७६ फागुन ६ गते विमानस्थलको महाप्रबन्धकमा नियुक्त भएका थिए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै