• TOKHA LIVE

    • २६ माघ २०७९, बिहीबार २१:२४

    बागमती प्रदेशका सातवटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

    टोखालाइभ डट कम/ माघ २६ , २०७९

    बागमती प्रदेश सरकारले उक्त प्रदेशअन्तर्गतका विभिन्न स्थानका सातवटा अस्पताललाई आज हेटौँडामा एम्बुलेन्स हस्तान्तरण गरेको छ । बागमती प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रद्वारा सातवटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । केन्द्रका अनुसार ती एम्बुलेन्स (ख) वर्गको रहेको तथा प्रतिएम्बुलेन्स रु ५२ लाख ९० हजारमा खरिद गरिएको बताइएको छ । सात वटा एम्बुलेन्सको कूल खरिद मूल्य रु तीन करोड ७० लाख ३० हजार रहेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य आपूर्ति केन्द्रका अनुसार प्रदेशको वुकुलर अस्पताल रत्ननगर, रामेछाप अस्पताल, मेथिनकोट अस्पताल काभ्रे, वज्रबाराही अस्पताल चापागाउँ ललितपुर, भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल काठमाडौँ तथा पशुपति चौलागाईं स्मृति अस्पताल दोलखालाई एक–एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएकोे हो । आपूर्ति केन्द्रद्वारा आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले अस्पतालका सम्बन्धित निकायलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा मन्त्री श्रेष्ठले अस्पताललाई सुविधा सम्पन्न बनाउने योजनाअन्तर्गत उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको बताउनुभयो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै