• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • २४ माघ २०७९, मंगलवार १८:५५

    सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउन विस्तृत अध्ययन गरेर अघि बढ्ने:मन्त्री शर्मा

    टोखालाइभ डट कम/ माघ २४, २०७९

    काठमाडौं/सूचना प्रविधिको क्षेत्रमा नेपाल प्रतिस्पर्धी बन्दै गएको भए पनि आन्तरिक उत्पादन र सेवाको प्रवद्र्धन हुन नसक्दा यो क्षेत्र फस्टाउन नसकेको सूचना प्रविधि प्रदायककर्ताहरुले बताएका छन् ।आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो सूचना प्रविधिको युग रहेको बताउँनुहुँदै यो राष्ट्रियतासँग पनि जोडिएको बताउनुभयो ।नेपालको सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउन विस्तृत अध्ययन गरेर अघि बढ्ने र कानुन बनाउने विषयलाई प्राथमिकतामा राखिने पनि मन्त्री शर्माले बताउनुभयो ।अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने यस क्षेत्रलाई राज्यले संरक्षण र प्रवद्र्धन गर्न नसकेको उहाँको भनाइ छ । “आर्थिक समृद्धिका लागि सूचना प्रविधिको योगदान महत्वपूर्ण छ । यो राजस्व बढाउने र राष्ट्रियता स्थापित गर्न सकिने क्षेत्र रहेछ । सानो–सानो कुरामा ध्यान दिँदा अर्बौं राजस्व जोगिने मात्र नभई यसबाट हामी राजस्व सिर्जना गर्न पनि सक्ने रहेछौँ । राष्ट्रियता जोगाउने सवालमा पनि प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण छ”, मन्त्री शर्माले भन्नुभयो । सूचना प्रविधि क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्न नसक्दा जनशक्ति विकासमा उल्लेख्य प्रगति हुन नसकेको पनि उहाँले बताउनुभयो ।जनतालाई आधारभूत सेवा प्रवाहमा पनि प्रविधिको प्रयोग बढाउँदै जान आवश्यक रहेको बताउनुहुँदै शर्माले प्रविधिको प्रयोगले सार्वजनिक सेवालाई पारदर्शी बनाउन सकिने उहाँको भनाइ छ ।

    क्यान महासङ्घका अध्यक्ष रणजितकुमार पोदारले स्वागत मन्तव्य राख्नेक्रममा सूचना तथा प्रविधि नीति २०७२ र डिजिटल नेपाल फ्रेमवर्क २०७६ ले लिएका उपलब्धि हासिल गर्न र ती नीतिको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षले भूमिका खेल्नुपर्ने बताउनुभयो । सूचना तथा सञ्चारको क्षेत्रबाट मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्न सकिने उहाँको भनाइ छ । “सूचना प्रविधिलाई तुलनात्मक लाभको क्षेत्रका रूपमा विकास गरेर अर्थतन्त्रमा योगदान पु¥याउने सरकारको नीति छ । डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी बनाएर लैजानु हामी सबैको दायित्व हो”, अध्यक्ष पोदारले भन्नुभयो ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले “नेपाल प्रविधिको क्षेत्रमा विश्वस्तरमै प्रतिस्पर्धी बन्नसक्छ । त्यसका लागि हामीले प्राथमिकतामा नेपाली उत्पादनलाई दिनुपर्छ”, ढकालले भन्नुभयो । हरेक सरकारी निकायमा नेपाली सफ्टवेयरको प्रयोगको नीति सरकारले लिनुपर्ने उहाँको सुझाव छ । नेपालमा उत्पादित कतिपय प्रविधि विश्वस्तरमै प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा रहेको उहाँको भनाइ छ ।

    त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले  “प्रविधि क्षेत्रमा लगानी गर्ने कम्पनीका लागि एकद्वार प्रणाली लागू हुन सकेको छैन । यो क्षेत्रमा कुनै विदेशी कम्पनीले लगानी ल्याएमा त्यसमा नेपाली कम्पनीलाई ‘जोइन्ट भेन्चर’मा लगानी गर्न सक्ने व्यवस्था लागू गरिनुपर्छ”, मल्लले भन्नुभयो । मुलुकलाई आर्थिक समृद्धि दिनका लागि सम्भाव्य तुलनात्मक लाभको क्षेत्रका रुपमा रहेको सूचना प्रविधि क्षेत्रलाई प्रवद्र्धन गर्न स्वदेशी जनशक्ति, सीप, प्रविधि र सेवालाई बढावा दिनुपर्ने अध्यक्ष मल्लले  बताउनुभयो ।

    नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष बीरेन्द्रराज पाण्डेले नेपालले सार्वजनिक–निजी साझेदारी ९पिपिपी० मोडलमा सूचना प्रविधि (आइटी) पार्क बनाएर त्यहाँ राखिने कम्पनीका लागि कर छुटको व्यवस्था गर्नुपर्ने भनाइ राख्दै नेपालले निर्यात गर्नसक्ने सूचना प्रविधि क्षेत्रबाट अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान हुने बताउनुभयो ।

    ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनीको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, विशिस्ट अतिथी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल,विशिस्ट अतिथीनेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल,विशिस्ट अतिथी नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष बीरेन्द्रराज पाण्डे,विशिस्ट अतिथी क्यान महासङ्घका अध्यक्ष रणजितकुमार पोदार लगायतको उपस्थिति रहेको थियो ।

     

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै