• TOKHA LIVE

    • २२ माघ २०७९, आईतवार २०:४८

    पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल

    टोखा लाइभ डट कम / माघ २२ ,२०७

    उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा आज कार्यक्रममा यहाँले अघिल्लो आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको भए पनि प्रभवाकारी कार्यान्वयन नभएको हुनाले यसको कार्यान्वयनको व्यवस्था मिलाउने बताउनुभयो ।श्रमजीवी पत्रकार व्यक्तित्व विकास र नेतृत्व विकासमा चौतारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उहाँले जनता र राष्ट्रको न्यायको पक्षमा पत्रकारिताको अगुवा भएका काम गर्न आग्रह गर्नुभयो । “पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारका गर्ने व्यवस्था गर्ने प्रबन्ध गरियो, बजेटमा पनि प्रस्तुत गरियो”, उहाँले भन्नुभयो, “तर अहिले पनि प्रभावकारी रुपमा व्यवस्थापन हुन सकेको छैन ।” सरकारले पत्रकारका लागि दुर्घटनामा बीमामा सरकारले ५० प्रतिशत तिर्ने व्यवस्था पनि सरकारले गरेको अर्को महत्वपूर्ण काम भएको उल्लेख गर्दै उहाँल श्रमजीवी पत्रकारको पक्षमा सरकार सधैव रहेको स्पष्ट पार्नुभयो । नेकपा (एमाले) का उपाध्यक्षसमेत रहनुभएका पौडेलले सरकारले सञ्चार क्षेत्रसँग जोडिएर बीमा, क्लिन फिडजस्ता महत्वपूर्ण व्यवस्था गरेपछि त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    नेकपा (एमाले) का उपमहासचिव एवं चौतारीका इन्चार्ज पृथ्वीशुब्बा गुरुङले सबैभन्दा योग्य र भरोसायुक्त श्रमजीवीहरुको सङ्गठनका रुपमा चौतारीलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो । चौतारीको स्थापना दिवसका अवसरमा डा बालकृष्ण चापागाईं यस वर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पुरस्कार प्रदान गरिएको छ । अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार लमजुङका पत्रकार कृष्ण केसी, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट दैलेखका याम शर्मा, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट बाराका लक्ष्मी साहलाई प्रदान गरिएको छ । सावित्री–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट सुनसरीका लीलाराज भट्टराई र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट डडेलधुराकी ममता भट्टलाई उपप्रधानमन्त्री पौडेलले प्रदान गर्नुभयो । चौतारीले क्रियाशील रुपमा काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै