Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
टाेखालाइभ डट कम/माघ २० ,२०७९
काठमाडौं/पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको तीर्थस्थल बनाउने दीर्घकालीन रणनीतिसहित पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट गुरुयोजना पारित भई मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भएको छ । पशुपति क्षेत्रका मूर्त–अमूर्त तथा प्राकृतिक सम्पदाको संरक्षण गरेर आकर्षक पर्यटकीय गन्तव्यस्थल बनाइने गुरुयोजनामा उल्लेख गरिएको छ । यस क्षेत्रको योजनाबद्ध विकासका लागि राष्ट्रिय÷अन्तर्राष्ट्रिय दाता तथा सरोकार समूहसँगको सहयोग र सहकार्यलाई प्रोत्साहित गरिने नीति गुरुयोजनामा लिइएको छ । पशुपति क्षेत्रमा दर्शन, पूजन तथा यज्ञयागादिका लागि आउने भक्तजन र दृश्यावलोकनका लागि आउने पर्यटकहरुको सेवा, सुविधाका लागि आवश्यक पूर्वाधारको विकास गरिने गरी तयार पारिएको गुरुयोजना गत पुस ८ गते सञ्चालक परिषद्बाट पारित गरिएको छ। परिषद्को अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहने व्यवस्था पशुपति क्षेत्र विकास कोष ऐनमा गरिएको छ ।
पशुपति क्षेत्रको योजनाबद्ध विकासका लागि कोषले विसं २०५३ मा अवधारणात्मक गुरुयोजना सरकारले स्वीकृत गरेको थियो । आर्थिक वर्ष २०५७÷५८ देखि लागू भएको यो गुरुयोजना १० वर्षसम्म कार्यान्वयन भएको थियो । आव २०७०÷७१ देखि पशुपति क्षेत्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको छ । परिषद्बाट हालै पारित भएको पशुपति क्षेत्रको संरक्षण एवं व्यवस्थापन गुरुयोजना २०७९, मन्त्रालयमा पेस गरी त्यहाँबाट मन्त्रिपरिषद् पठाउने तयारी गुरुयोजनाको छ । पशुपति क्षेत्रको धार्मिकता, आध्यात्मिकता, सांस्कृतिक एवं पवित्रताको प्रवद्र्धन गर्ने लक्ष्य गुरुयोजनामा राखिएको छ । यस क्षेत्रका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदा, कला एवं वास्तुकलाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य पनि गुरुयोजनाको छ । चालू आर्थिक वर्षमा गुरुयोजना मन्त्रिपरिषद्बाट पारित गरेर कार्यान्वयनमा अघि बढाइने भएको छ । पशुपति क्षेत्रको दुई सय ८३ हेक्टर जमिनमध्ये ८३.५५ हेक्टर क्षेत्रफल प्राचीन स्मारक क्षेत्रमा पर्छ । पशुपति क्षेत्रको भूबनोट, भू–संरचना, नदी जङ्गललगायतका प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यावरण जोगाउने, रैथाने जीवजन्तु जोगाउने र पशुपक्षीका लागि आवश्यक सेवासुविधा सहज ढङ्गले उपलब्ध गराउन पूर्वाधार विकास गरिने भएको छ ।

