• TOKHA LIVE

    • २० माघ २०७९, शुक्रबार १७:५५

    नेपाल टेलिकमको वार्षिकोत्सवमा रक्तदान

    टाेखालाइभ डट कम/माघ २० ,२०७९

    यही माघ २२ गते टेलिकमले आफनो २२ औँ स्थापना दिवस मनाउँदैछ ,वर्षिकोत्सवका अवसरमा आज नेपाल टेलिकमद्वारा  आयोजित रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गर्नुभएको छ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १९औँ वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा उहाँहरुले रक्तदान गर्नुभएको हो । विगतमा एक सय ५० भन्दाबढी कर्मचारी रक्तदानमा भाग लिने गरेकामा पछिल्ला वर्षमा कोरोना, डेङ्गीलगायतका कारण रक्तदान गर्नेको सङ्ख्यामा निकै न्यून रहेको बताइएको छ । वार्षिकोत्सवका अवसरमा उक्त लिमिटेडले अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न खेलकुद प्रतियोगितासमेत सञ्चालन गरिरहेको छ । नेपाल टेलिकम सरकारीस्तरमा सबैचभन्दा धेरै राजस्व बुझाउने सेवा प्रदायक कम्पनी हो । टेलिकमका मुलुकभर डेढ करोडभन्दा बढी ग्राहक छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै