टाेखालाइभ डट कम/माघ २० ,२०७९
काठमाडौं : मानव बेचबिखन तथा ओसारपसारको आरोपमा नेपाल प्रहरीको अनुसन्धान ब्यूरोले दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोले मानव बेचबिखनको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिका–२ घर भई हाल काठमाडौं टोखा नगरपलिका–३ बस्ने ४४ वर्षीय रवि थापा मगर भन्ने लाल बहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–९ बस्ने ४१ वर्षीय डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामीलाई पक्राउ गरेको हो । प्रहरीको अनुसन्धान ब्यूरोले उनीहरूले कुवेतमा रहेको रोयल रेष्टुरेन्टमा वेट्रेसको काममा मासिक १ सय २० कुवेती दिनार तलब हुने प्रलोभन दिँदै सो रेष्टुरेन्टमा राम्रो काम गरेमा पोर्चुगल र अमेरिकामा रहेको रेष्टुरेन्टमा समेत पठाइदिन्छु भनेर नेपाली युवतीलाई भिजिट भिसामा दुबई हुँदै कुवेत लगेर त्यहाँ रहेका अन्य एजेन्टहरुमार्फत १ हजार ३ सय कुवेती दिनारमा बिक्री गरेको दाबी गरेको छ । पीडित युवतीलाई दैनिक १८ घण्टासम्म काममा लगाई श्रम शोषण गरेको भन्ने उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले कुवेतस्थित नेपाली राजदूतावाससँगको समन्वयमा पीडितलाई कुवेतबाट उद्धार गरी नेपाल ल्याइएको बताएको छ ।

