• TOKHA LIVE

    • १७ माघ २०७९, मंगलवार २१:४२

    पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिने

    टाेखालाइभ डट कम/ माघ १७ ,२०७९

     

    पनौती नगरपालिका–७ पुरानो बजार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन प्रक्रिया थालेको करिब २५ वर्षपछि व्यवस्थापन प्रणाली योजना बनाउन सुरु गरिएको छ । संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउन प्रणालीलाई व्यवस्थित गर्न नगरपालिका जुटेको हो । सन् १९९१ मा पुरानो बजार क्षेत्रको ‘पनौती संरक्षित स्मारक क्षेत्र’ घोषणा गरिसकेको थियो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई विश्वसम्पदामा सूचीकृत गराउन आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्न सरोकारवाला र समुदायस्तरमा छलफल थालिएको हो  पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको विवरण अपुग भएकाले त्यसलाई पूर्णता दिँदै छिटोभन्दा छिटो प्रक्रिया अगाडि बढाउनुपर्नेछ । आवश्यक पर्ने प्रक्रिया पूरा गर्दै अगाडि बढाउन सरोकारवाला सङ्घ÷संस्था र निकायसँग छलफल सुरु गरेको पनौती नगरपालिकाले जनाएको छ ।- टाेखालाइभ/फाइल फोटो

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै