• TOKHA LIVE

    • १७ माघ २०७९, मंगलवार ०६:५३

    परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलंका जाँदै

    टाेखालाइभ डट कम/ माघ १७ ,२०७९

    श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवस कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री डा विमला राई पौड्याल बिहीबार श्रीलंका प्रस्थान गर्दै हुनुहुन्छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको श्रीलंका भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको हो । परराष्ट्रमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो ।फेब्रुअरी ३ र ४ मा श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा कोलम्बोमा आयोजना हुने विशेष समारोहमा मन्त्री पौडेल अतिथिका रुपमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  विशेष समारोहमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले दक्षिण एसियाली राष्ट्रका विदेशमन्त्री र अन्य विशेष अतिथिहरूलाई निमन्त्रणा गर्नुभएको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री पौडेलले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । उनले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्री तथा भारत र माल्दिभ्सका समकक्षीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गर्नेछिन् । उनले बिहीबार उच्चस्तरीय बैठक र शुक्रबार विभिन्न साइडलाइन बैठक गर्नेछिन् । शनिबार हुने मुख्य समारोहमा परराष्ट्रमन्त्री पौडेल सहभागी हुने मन्त्रालयले जनाएको छ । उनी आइतबार स्वदेश फर्कनेछन् ।- photo sources/काठमाण्डुपाटी

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै