टाेखालाइभ डट कम/नविना श्रेष्ठ
माघ १२,२०७९आज वसन्त पञ्चमी सरस्वती पूजा देशभर सरस्वती मन्दिरमा पुजा आरधना गरि मनाएको छ। देशभर आज बिद्याकि देवि सरस्वती मन्दिरमा विद्यार्थीहरुको निक्कै घुइँचो लागेको थियो ।
बालबालिकालाई अक्षराम्भ गराउने शुभदिन रहेको छ। भने
विद्याकी देवी, अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गरेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । वसन्त पञ्चमीका नामलेसमेत परिचित श्रीपञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहँदै आएको छ ।
विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह इही जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने जनविश्वास रहेको छ । यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ ।
काठमाडौं उपत्यकाका टोखा,स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा पूजाआजा गर्न भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको छ।

