• TOKHA LIVE

    • १० माघ २०७९, मंगलवार १९:५२

    ललितपुरमा ६० बर्ष पछि पहिलो पटक स्काउट एडभान्स तालिम सम्पन्न

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ

    माघ,९,२०७९

    ललितपुरको गोदावरी नगरपालिकाको आयोजनामा सेन्ट जेभियर्स स्कुलमा नेपाल स्काउट बागमती प्रदेशको संयोजन र स्थानीय स्काउट कार्यालयमा नेपाल स्काउटको ५१ औं उडव्याज तथा ४४ औं गल्र्स स्काउट एड्भान्स तालिम भव्य रुपमा सम्पन्न भएको छ ।ललितपुरमा भएको स्काउट सञ्चालित तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले प्रधान गरिएको थियो।भने तालिममा सहभागी बागमती प्रदेशका विभिन्न जिल्लाका स्काउटरहरुलाई प्रमाणपत्र वितरण गरेको थियो।

    तालिमका कोर्ष लिडरहरुमा पुरुषतर्फ सत्य नारायण शाही र महिला तर्फ विजयश्वरी अमात्य रहेको थियो। नेपाल स्काउट, बागमती प्रदेशका स्काउट संयोजक शिवराम अर्यालको अध्यक्षतामा भएको तालिमको समापन सत्रका प्रमुख अतिथि लोक बहादुर भण्डारीले स्काउटिङ्ग शिक्षा बालबालिकाको सर्वाङ्गिण विकास र प्राकृतिक विपतको साथी भएको टिप्पणी गरे । स्काउट शिक्षाले विद्यालयतहका बालबालिकाहरुलाई असल नागरिक बनाइ सक्षम व्यक्ति जन्माउने भएकोले स्काउट तालिम आवश्यक रहेको बताए । समारोहमा गोदावरी नगरपालिकाका उपप्रमुख मुन अधिकारीले अब हरेक बिधालयमा स्काउटलाई विस्तारमा लागि पर्न आग्रह गरे।

    स्काउट क्रियाकलापलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धाता व्यक्त गर्दै सहभागीहरुलाई सफलतापुर्वक तालिम सम्पन्न गरेकोमा धन्यबाद व्यक्त गरेका थिए । स्काउट एडभान्स तालिम शिक्षाको आवश्यकता भएको बुझेर नै बागमती प्रदेश कार्यालयले तालिमको संयोजन गरिएको बागमती प्रदेशका संयोजक शिवराम अर्यालको जोड गरेको बताए। तालिम सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिए । ७ दिन लामो प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले पनि तालिम निकै प्रभावकारी भएको र नेपाल स्काउटको यो प्रयासले युवाहरूमा सकारात्मक परिवर्तनको संकेत गरिदिएको बताएका छन्। तालिममा सहभागी सनि शाक्यले प्राप्त तालिमबाट युवामा सकारात्मक सोचको विकास गराउन, सामुहिकतामा काम गर्न नेपाल स्काउटको यो तालिम महत्वपूर्ण रहेको बताएका छन्। ललितपुरमा पहिलो पटक एडभान्स तालिम र पहिलो पटक आयोजना गरिएको सो तालिम भव्य रुपमा सम्पनन्न भएको गोदावरी स्काउटका संयोजक दिपक अर्यालले बताएका छन्। अवसरमा गोदावरी भेगमा स्काउट अभियान शुरु गर्ने जगदिश्वर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै