• TOKHA LIVE

    • ९ माघ २०७९, सोमबार १०:३६

    उपसभामुख राना राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग

    टाेखालाइभ डट कम/ माघ ९,२०७९

    प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले दलीय आबद्धताबाट अलग भएको घोषणा गर्नुभएको छ । प्रतिनिधिसभाको यही माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उहाँले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको आज घोषणा गर्नुभएको हो । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित हुनुभएको थियो । उहाँले आजै उपसभामुख पदको सपथ लिदै हुनुहुन्छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै