• TOKHA LIVE

    • ९ माघ २०७९, सोमबार ०९:४५

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

    टाेखालाइभ डट कम/ माघ ९,२०७९

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उहाँहरुबीच समसामयिक विषयमा छलफल भएको थियो । सभामुखमा निर्वाचित भएपछि उहाँले पहिलोपटक प्रधानमन्त्रीलाई भेट्नुभएको हो । नेकपा (एमाले)का सांसद घिमिरे यही माघ ५ गते सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा निर्वाचित हुनुभएको थियो । उहाँलाई नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत राजनीतिक दलले समर्थन गरेका थिए ।फाेटाे सौजन्य / शिलापत्र डट कम

    Facebook Comments

    छुटाउनुभयो कि? सबै