• TOKHA LIVE

    • ५ माघ २०७९, बिहीबार १३:४७

    प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने नेमकिपाको माग

    टाेखालाइभ डट कम/ माघ ५,२०७९

    नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विद्यमान कानुनअनुरुप प्रतिनिधिसभाको प्रमुख विपक्ष दलको मान्यता प्रदान गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसंग समय लिएर नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई समर्थन गर्ने दल प्रमुख प्रतिपक्ष दल हुन नसक्ने जिकिर गर्दै विपक्षमा उभिएको आफ्नो दलले  प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने बताउनुभएको छ।

    सांसद सुवालले सरकारलाई समर्थन गर्ने दल नेपाली कांग्रेस कानुनी हिसावले र विज्ञहरुको सुझावको आधारमा पनि प्रमुख प्रतिपक्ष दल बन्न नमिल्ने भएकाले आफ्नो दललाई प्रमुख प्रतिपक्ष दल घोषणा गरेर मात्रै प्रतिनिधिसभा बैठकलाई अघि बढाउनुपर्ने कानुनी व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउन माग गरेका हुन् ।-फाेटाे सौजन्य/मध्यान्ह दैनिक

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै