• TOKHA LIVE

    • ३ माघ २०७९, मंगलवार २०:१०

    पाँच वर्षे रणनीति बनाएर काम गर्छु : उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देन

    टाेखालाइभ डट कम/माघ ३,२०७९

    उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि पशुपतिनाथ मन्दिरमा दर्शन गरी मन्त्री लिङदेनले पदबहाली गर्नुभएको हो । उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहणलगत्तै नेपालको ऊर्जा जलस्रोत तथा सिँचाई क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गर्नुभएको छ ।

    “ उपप्रधानमन्त्री लिङदेनले आगामी पाँच वर्षका लागि ऊर्जा जलस्रोत र सिँचाईका क्षेत्रमा हामीले प्राथमिकतामा राखेर गर्नुपर्ने कामहरु के– के लागि तय गर्ने र हाम्रो आवश्यकता तथा प्राथमिकता निर्धारण गरी रणनीतिक योजना बनाउन मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाइएको छ”, उहाँले भन्नुभयो, “योजनावद्ध ढङ्गले काम गर्न सकियो भने ठोस नतिजा निकाल्न सकिन्छ ।” ऊर्जा जलस्रोत तथा सिँचाईजस्तो महत्वपूर्ण मन्त्रालय सम्हाल्दा चुनौतीपूर्ण हुने भएपनि आफूले त्यसलाई अवसरमा बदल्ने उहाँको भनाइ छ । “मन्त्रालय कुनै पनि राम्रो÷नराम्रो वा सानो÷ठूलो भन्ने त हुँदैनन्, सबै मन्त्रालय बराबर छन्”, “नेपालको हकमा ऊर्जा जलस्रोत र सिँचाई मन्त्रालय महत्वपूर्ण मन्त्रालय हो । मन्त्रालय सम्हाल्नु चुनौतीपूर्ण भए पनि म यसलाई अवसरमा परिणत गर्छु उपप्रधानमन्त्री लिङदेनले भन्नुभयो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै