• TOKHA LIVE

    • ३ माघ २०७९, मंगलवार १९:०३

    कृषिमन्त्रीको पहिलो निर्णय : ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा

    टाेखालाइभ डट कम/माघ ३,२०७९

    सरकारले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा गर्ने भएको छ ।कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आज मन्त्रालयमा पदवहाली गरेपछि उक्त दशक घोषणा गर्नेसम्बन्धी निर्णय गर्नुभएको हो ।

    कृषि लगानी दशक आर्थिक वर्ष २०८०÷०८१ देखि २०८९÷९० सम्म सञ्चालन हुनेछ । यस्तै मन्त्री साहले कृषि बीमाको अनलाइनबाट भुक्तानी गर्ने सम्बन्धी निर्णय गर्नुभएको छ । कृषि बीमाको भुक्तानी कागजीरुपमा हुँदा किसानले लामो समयसम्म क्षर्तिपूर्ति पाउन सकेका छैनन् । अनलाइन प्रक्रिया सुरु भएपछि क्षतिपूर्ति भुक्तानी सहज हुने विश्वास व्यक्त गरिएको छ । पदवहालीका क्रममा मन्त्री साहले सञ्चारकर्मीसँगको कुराकानीमा आफूले आम किसानको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै