• TOKHA LIVE

    • ३ माघ २०७९, मंगलवार ०५:४६

    विवाह गर्नै नपर्ने लोकमा पुर्याइदियो शिव-अनुश्कालाई

    टोखा लाइभ।माघ ३, २०७९

    यति एयरलाइन्स दुर्घटनामा अप्रत्यासित जीवन गुमाएका ७२ यात्रुका कम्तीमा पनि ७२ वटै सपना थिए । तर, अब ती सपना मात्र सपना रहे, यतिले कहिलै पूरा नहुने संसारमा पुर्याइ दियो ।

    यस्तै एउटा सपना बोकेको जोडीको सपना पनि सदाका लागि चकनाचुर भएको जानकारी टोखा लाइभलाई प्राप्त भएको छ ।

    यो जहाजमा पोखरा धम्पुसका शिव गुरूङ पनि श्रीमती अनुश्कासँगै चढेका थिए । अमेरिका बस्दै आएका शिव र अस्ट्रेलियामा रहदै आएकी अनुश्का पुस २७ गते मात्र काठमाडौं पुगेका थिए ।

    उनीहरू विवाह दर्ता गरेर अनुश्का अमेरिका आउँने कागजी प्रक्रिया पूरा गर्न यसपटक सल्लाह गरेर एकै दिन नेपाल पुगेका थिए ।

    जब उनीहरू वर्षौपछि काठमाडौंमा भेट भए । उनीहरूको पुसको अन्तिम भएको थियो, पुसमा के विवाह दर्ता गर्नु माघमा गरौला भन्ने सल्लाह गरे ।

    त्यसपछि शिवले शिवले पोखरा बगालेटोलमा बस्दै आएका ७६ वर्षका बाबु भक्तबहादुर र ७२ वर्षकी आमा बुद्धि सुब्बा गुरूङलाई भेट्ने र माघे संक्रान्ति पनि मनाउने योजना बनाए । त्यही अनुसार उनीहरू माघ १ गते यतिको जहाज चढेका थिए जसले उनीहरूलाई अब विवाह दर्ता नै गर्नै नपर्ने ठाउँमा पुर्याइ दियो ।

    उता, वृद्ध आमाबाबु भने कहिलै छोराबहुारी आउलान् भनेर बाटोतिर आँदा बिछ्याइरहेका थिए । तर, दुर्भाग्य अब उनीहरूले अब कहिलै छोराबुहारी देख्न नपाउने भएका छन् ।

    अमेरिकामा आफ्नै व्यावसाय गरिरहेक शिवले पहिलो घरबार बिग्रेपछि अनुश्कासँग विवाह गरेका थिए । उनी अनुश्कासँगको विवाह दर्ता गरेर उनलाई अमेरिका ल्याउने र बाँकि जीवन सुखपूर्वक बिताउने सपना लिएर नेपाल गएका थिए ।

    उनले जाने बेला मा साथीभाइलाई भनेका थिए, अब कति बस्नु एक्लै भनेर श्रीमती ल्याउने चाँजोपाँजो मिलाउन पो जान लागे । उनका एक साथीले वीएल नेपालीलाई बिस्मत मान्दै सुनाए ।

    नेपालीमा एउटा भनाइ छ, कहाँको जन्म कहाँको मरण । तर, शिव र अनुश्काका लागि भने जन्म पनि नेपाल मरण पनि नेपालमै भयो ।

    भाग्य भनौं या नियति उनीहरूको मरण प्रियजनसँगै नेपालमै त्यो पनि यसरी आकस्मिक दुर्घटनामा परेर हुनु परेको रहेछ ।

    शिवका एक साथीले भने, जे नहुनु थियो भैहाल्यो, अब त उनीहरू सँगै यो संसार छोडे भाग्यमानी पो रहेछन् जस्तो लाग्यो ।

    सुन्दा अप्रिय लाग्छ, तर एक कोणबाट हेर्दा यसलाई हदयविदारक सत्यका रूपमा हेर्न सकिन्छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै