टाेखालाइभ डट कम/नविना श्रेष्ठ माघ २,२०७९
हिजो बिहान दुर्घटनामा परेको एनएसी एटीआर ७२ विमानले देशलाई नै शोकमा डुबेको छ। ६८ जना यात्रुको शव फेला परेको छ । भने अन्यको सेतीको खोँंचमा सुरक्षाकर्मी र अधिकारीहरुले खोज्ने काम जारी राखेका छन्। यसैबिच अर्को दुखद खबर बाहिरिएको छ। दुर्घटनाग्रस्त विमानमा क्याप्टेन कमल केसीसँगै विमान उडाइरहेकी अञ्जु खतिवडा पनि थियो। विराटनगर–५ को चाँदनी चोककी खतिवडासँग दुःखद् संयोग परेको छ भने उनका श्रीमानको पनि २९ जेठ २०६३ मा यती एयरलान्सकै विमान दुर्घटनामा मृत्यु भएको हो। जुम्ला विमानस्थलमा भएको उक्त दुर्घटनामा अञ्जुका श्रीमान् को–पाइलट दीपक पोखरेलसहित ९ जनाले ज्यान गुमाएका थियो।

सोही दुर्घटनापछि आँफु पनि पाइलट बन्ने र पतिको सपना साकार पार्ने उदेश्य बोकेकी अञ्जु श्रीमानको मृत्युको करीब ४ वर्षपछि अञ्जु अमेरिकाबाट पाइलट कोर्स पूरा गरेर नेपाल फर्किएपछि यती एयरलाइन्समा नै आबद्ध भएको थियो। भने नेपाल भित्रिएको सबैभन्दा ठूलो शहरी क्षेत्रका विमानस्थलमा मात्रै अवतरण गर्ने एटीआर ७२ जहाजबाट उडान थालेकी अञ्जु आइतवार भएको यतीकै जहाज दुर्घटनामा पर्दा उनका छोरा टुहुरो भएको छ। हिजो भएको दुर्घटनामा ६८ जनाको शव भेटिएको छ भने अन्य ४ जनाको खोजी कार्य जारी छ ।

यतीको विमान दुर्घटनामा परेको १६ वर्षपछि अञ्जु पनि दुर्घटनामै परिएको छ। भने श्रीमान र श्रीमती दुवै पाइलट पेशामा लाग्नु र एउटै कम्पनीको विमान दुर्घटनामा पर्नु अचम्मको संयोग भएको छ। अञ्जु र दीपकको २२ वर्षकी छोरी छन्। अञ्जुले पाइलट भइसकेपछि काठमाडौंका सुवास केसीसँग दोस्रो विवाह गरेपछि उनीबाट फेरी छोरा जन्मिएका छन् । जो अहिले ७ वर्षका छ। हिजो अञ्जुले आफ्ना छोरा छोरीलाई मात्रै टुहुरो बनायो।तर उनको देहवशानसँगै हिजो सिंगो देश रोइरहेको छ । देशले अञ्जुजस्ता साहासी र निडर छोरी गुमाएको छ । देश साँच्चिकै रोएको छ अञ्जु ।

