• TOKHA LIVE

    • २ माघ २०७९, सोमबार ०८:३७

    पोखरा विमान दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा

    टाेखालाइभ डट कम/माघ २, २०७९,

    काठमाडौं/पोखरामा आईतवार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत आईतवार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। आईतवार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९-एन-एनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो। विमानमा चालक दलसहित ७२ जना थिए।घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग पनि गठन गरेको छ।दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै