टाेखालाइभ डट कम/माघ, १ काठमाडौं
पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए
मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र दुर्घटनाग्रस्त जहाजमा यात्रारतमध्ये हालसम्म ६० जनाको शव सेती खोँचबाट निकालिएको छ भने ३१ वटा हस्पिटलमा लगिसकिएको छ । कठिन भौगोलिक अवस्थितिका कारण केही शव क्रेनको सहायताले निकालेका थिए ।पोखरामा दुर्घटनाग्रस्त भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ ।
विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो
पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगरिक उड्डयन प्राधिकरणले जनाएको छ। । यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए ।-फाेटाे सौजन्य/ अनलाइनखबर

