Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
टाेखालाइभ डट कम/ पौष २९,२०७९
अर्घाखाँचीको सन्धिखर्कमा घोचेखोलामा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूलस्थापना गरिएको छ । सन्धिखर्क नगरपालिका २ घोचेखोलाको शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल आज बिहीवार वैदिक विधिपूर्वक पुजाआजा गरी स्थापना गरिएको हो । धार्मिक पर्यटक भित्राउने उद्देश्यले त्रिशूल स्थापना गरिएको स्थानीय रामु केसीले बताउनुभयो ।
सन्धिखर्कबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको यस शिवालय क्षेत्रमा शिवरात्रीको दिन विशेष पूजाआजा तथा दैनिक पूजा हुँदै आएको छ । यसअघि दाङमा साढे ४१ फिट अग्लो र पाल्पाको भैरवनाथ मन्दिरमा ३५ फिट अग्लो त्रिशूल स्थापना भइसकेकाे छ ।

