• TOKHA LIVE

    • २१ पुष २०७९, बिहीबार १७:१३

    पानी नपरेका कारण प्रदूषण बढ्यो

    टाेखालाइभ डट कम/ पौष २१,२०७९

    काठमाडाँै/केही दिनयतादेखि काठमाडाँै उपत्यकासहित देशभर पानी नपरेका कारण  धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तराईमा हुस्सु लाग्न थालेको र वायू प्रदूषण दिनहुँ बढिरहेको छ । सो शाखाले काठमाडाँै, भक्तपुर, दाङको तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर बन्दै गएको जनाएको छ । यस्तै भक्तपुरको एक सय ५४, तुलसीपुरको एक सय आठ र धनकुटाको एक सय छ रहेको छ । हावाको गुणस्तर सूचक मापन ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहान ७ बजेर ४५ मिनेटको तथ्याङ्कअनुसार भक्तपुर, काठमाडौँ, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर रहेको छ ।

    काठमाडाँैको एयर क्वालिटी इन्डेक्स (एक्युआई) एक सय ५३ रहेको छ सामान्यतया शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ । उक्त सूचकाङ्कअनुसार एक सय ५० भन्दामाथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ । अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ ।

    एक्यूआई सूचकाङ्क सयदेखि एक सय ५० सम्म पुग्दा बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर तथा एक सय ५० भन्दामाथि एक्युआइ पुग्नु सबैका लागि अस्वस्थकर मानिन्छ ।  सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन विज्ञले आग्रह गर्दै आएका छन्

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै