• TOKHA LIVE

    • २० पुष २०७९, बुधबार १८:०९

    राजनीतिक ‘पिक्चर’ नै ‘क्लिएर’ नभएकाले सरकारमा सहभागिताबारे हतार छैन:अध्यक्ष नेपाल

    टाेखालाइभ डट कम/ पौष २०,२०७९

    पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताउनुभएको छ । पार्टीको भ्रातृ सङ्गठन युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला कमिटीले आज आयोजना गरेको कार्यक्रममा पत्रकारसंग उहाँले अहिले राजनीतिक ‘पिक्चर’ नै ‘क्लिएर’ नभएकाले आफ्नो पार्टीको पोलिटब्युरो बैठकले सरकारमा जाने नजानेबारे निर्णय नलिएको बताउनुभयो । उनलेे यही पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने र पार्टीको आधिकारिक कमिटीले निर्णय गर्ने उहाँको भनाइ थियो । अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा जानका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको र यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने कुरा हेर्नै पाएका छैनौँ, सबै स्पष्ट भएपछि निर्णय लिन्छौँ ।” – भन्नुभयो यसैगरी उहाँले पार्टीका सांसदलाई दलको ह्विप लाग्ने भन्दै सचेतसमेत गराउनुभयो । उहाँले राष्ट्रिय मान्यता नपाएका दलले पनि पार्टीका सांसदलाई ह्विप लगाउन पाउने कानुनी र संवैधानिक व्यवस्था रहेको जिकिरसमेत गर्नुभयो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै