• TOKHA LIVE

    • १५ पुष २०७९, शुक्रबार २०:०३

    रसुवामा चित्रकला प्रतियोगिता

    टोखा लाइभ।१५, पुष २०७९

    थाम्बुचेत,रसुवा ।रसुवा जिल्लाको उतरी भुभाग,आमाछोदिङमो गाउँपालिकाको थाम्बुचेतबजारको सरस्वती आधारभूत बिधालय प्राङ्गणमा पालिकाभित्रका बिधालय स्तरीय चित्रकला प्रतियोगिता-२०७९ कार्यक्रम आज सम्पन्न भयो ।५ नं वडाका अध्यक्ष दावागोम्बो तामाङ `रामदाइ को सभापतित्वमा सम्पन्न कार्यक्रममा १२ बिधालयका २२ विद्यार्थीले सहभागीता जनाए ।

    पालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर जिसीको विशेष आतिथ्यता, र पालिका उपाध्यक्ष चण्डिका तामाङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा उहाले बाल मस्तिष्कले आफ्नो भित्री भावनालाई आत्मसात गर्दै बनेको राम्रो चित्रले आफ्नो बाल्यकालमा चित्र प्रती भएको रुचिलाई झझल्को दिएको र यस क्षेत्रलाई नै उचित ब्यवस्थापन गर्दै पेशाको रुपमा अंगाल्न सके अझै राम्रो हुने र आफ्नो जिबिकापार्जनमा समेत सहज टेवा पुग्ने भएकोले सहभागी भाइबहिनीहरुले यसै बिषयलाई पेशागत रुपमा लाग्नुहुन अनुरोध गर्नुभयो ! “हाम्रो जस्तो विकट ठाउँमा चित्र ,ब्रस , पेन्टिङ सम्बन्धिको एक अर्का बिच देखासिकी सिकाइले आफ्नो कल्चर अनुसारको थान्काचित्र तथा लामा चित्र बनाउन समेत विद्यार्थीहरुमा अभिप्रेरणा मिल्ने भएकोले यो कार्यक्रमको अति महत्त्व रहेको भन्ने आफ्नो सान्दर्भिक भनाई राख्नुभयो! प्रतियोगितामा आबद्ध आधारभूत बिधालय (१-५ तर्फ) लालिमाया तामाङ, हाकु माबी. प्रथम ! रिसान तामाङ हाकुबेसी आबि. द्वितीय!सन्जिता तामाङ ,पार्बतीकुण्ड माबी.तृतीय भए !यसैगरी दिब्या तामाङ, हिमालय इङलिस स्कुल – प्रथम !अनु तामाङ, हाकुबेसी आबि.-द्वितीय ! रिना तामाङ, हाकु माबी.- तृतीय आधारभूत (६-८ तहमा)भए! यसरी नै माध्यमिक तह तर्फ-(९-१० समुहमा) सुर्यबहादुर तामाङ, नेपाल राष्ट्रिय माबी.-तृतीय ! उमेश तामाङ हाकु माबी.- द्वितीय र प्रथम हुनेमा बिकास तामाङ, पार्बतीकुण्ड माबी. का रहे! सान्त्वना पुरस्कार एलिना तामाङ, हिमालयन इङलिस स्कुलले प्राप्त गरे भने उत्कृष्ट बिध्यालय तर्फ हाकु माबी.का लाखीमाया तामाङको चित्रले ट्रफी भित्र्याए! निर्णायक मण्डलका मुख्य चित्रकार एवं राष्ट्रिय ललितकला नेपाल संघका अध्यक्ष दिपेन्द्र बनेपालीले यस्ता कार्यक्रमले कलाको माध्यमबाट समाजमा सकारात्मक सन्देश पुर्याउनु मूल उदेश्य रहेको अभिव्यक्ति दिए।

    शिक्षा शाखा प्रमुख राजेन्द्र आचार्यले यस्तै कार्यक्रम अबका दिनहरुमा अझै राम्रो तरिकाले बर्सेनि गरिदै लगिने र सीप मुलक चित्र कलाकारिता बिषयमा पालिकाबाट हरेक बिद्यालय र विद्यार्थीकोलागी आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए।

    सहभागी विद्यार्थी सबैले सहभागीताको प्रमाण पत्र,लिजयी हुने विद्यार्थीले नगद,ट्रफी र चित्रकला सम्बन्धि सामाग्री सहितको पुरस्कार हात पारे। चित्रकलाको माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ।

    थाम्बुचेत,रसुवा
    १५, पुस,२०७९

    Facebook Comments

    छुटाउनुभयो कि? सबै