• TOKHA LIVE

    • १३ पुष २०७९, बुधबार १२:४४

    आर आर क्याम्पसमा विद्यार्थीहरूबीच खुकुरी हानाहान, तीन घाइते

    टोखा लाइभ। २०७९ पौष १३ गते।

    काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप हुँदा तीनजना विद्यार्थी नेताहरू घाइते भएका छन् । स्ववियु निर्वाचनको विषयमा विद्यार्थी संगठनका नेताहरूबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरूले बताएका हुन् ।

    रत्नराज्य क्याम्पसको अनेरास्ववियुका विद्यार्थी नेताहरूमाथि खुकुरी प्रहार हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीसहित कमिटीका उपाध्यक्ष लोकेश खड्का, सदस्य हर्क बोहरा र अनेरास्ववियु नेता रवि मगरलगायत घाइते भएको आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले बताए।

    उनले अध्यक्ष भण्डारीको अवस्था भने चिन्ताजनक रहेको बताए । उनले घाइतेको अहिले काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको बताए । सभापति शाहीले खुकुरी प्रहार गर्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको र उनीहरू आरआर क्याम्पसका विद्यार्थी संगठनमा नरहेको पनि बताए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै