• TOKHA LIVE

    • १० पुष २०७९, आईतवार २१:११

    प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त

    टाेखालाइभ डट कम/ पुस १०,२०७९

    काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    प्रचण्डले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै