• TOKHA LIVE

    • १० पुष २०७९, आईतवार १९:५२

    टोखा साहित्य दबूको इतिहास लेखन कार्यशाला प्रारम्भ

    टोखा लाइभ।२०७९ पुष १० गते।

    टोखा लाइभ। टोखा साहित्य दबूको आयोजनामा टोखामा लुकेको इतिहास लेखन कार्यशाला यही पुष १६ गते बाट प्रारम्भ भएको छ । टोखा साहित्य दबूले टोखा नगरपालिका ३ वडा कार्यालयको सभाहलमा १० दिने साहित्य लेखन कार्यशालाको शुभारम्भ गरेको हो ।

    कार्यशालाका सहभागीलाई टोखाको धार्मिक एवम ऐतिहासिक सम्पदाहरु , मठमन्दिरहरुको बारेमा गहन खोज अनुसन्धान गरी लेखिएको लेखलाई पुस्तकका रुपमा प्रकाशित गर्ने उद्देश्य रहेको कार्यशाला संयोजक तथा साहित्य दबूका अध्यक्ष तथा पूर्व गाविस अध्यक्ष बाबुलाल डंगोलले जानकारी गराउनु भयो । सत्य, तथ्य, खोज, मिशन र ब्यावसायीक रुपमा कलम चलाउने र आम नागरिकलाई सूचनाबाट सूसूचित गर्ने काम गर्ने उदेश्यले टोखा साहित्य दबुको स्थापना भएका कुरा वहांले खुलस्त पार्नु भयो ।

    कार्यशालाको पहिलो दिन बुधबार शिक्षक तथा साहित्यकार प्रभात सापकोटाले भन्नुभयो- “हरेक मानिसका आ–आफ्नाा भावना र कल्पना हुन्छन्, हरेक मानिसमा नयाँ–नयाँ विचार उठ्छ, हरेक मानिसका केही न केही काम र कुराहरू पर्छन् । यही सिलसिलामा आफ्नाा मनको भाव अरुको सामुन्ने व्यक्त गर्न थाल्छ । मनको भाव व्यक्त गर्ने दुइटा तरिका छन् – बोलेर र लेखेर । बोलेर भन्दा लेखेर व्यक्त गरिएको भाव अमिट हुन्छ । रचनाको लागि चाहिने मूल तत्व भाषा हो । मनको भाव व्यक्त गर्ने सार्थक ध्वनिको समष्टि तथा लिखित अक्षरलाई नै भाषा भनिन्छ । भाषाको माध्यमबाट मानिसले आफ्नाा मनका भावविचारहरूको आदानप्रदान गर्दछ । यसरी मनभित्र उठ्ने हरेक प्रकारका भावनाहरूलाई भाषाका माध्यमले गरिने कलात्मक अभिव्यक्ति नै साहित्य हो । यस संसारका प्रकृति एवं यहाँका जीवनको अभिव्यक्ति मानिसले विभिन्न किसिमले गर्न सक्तछ । जब यस जीवनजगत्को अभिव्यक्ति सौन्दर्यपूर्ण भाषाका माध्यमले कलात्मक रुपमा गरिन्छ तब त्यो साहित्य हुन्छ ।”

    टोखा नगरपालिका ३ वडाको वडास्तरी बजेटबाट सञ्चालन भएको कार्यक्रम शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि टोखा-३ का वडा सदस्य हरिकृष्ण श्रेष्ठ थिए भने साहित्य लेखन कार्यशाला पुष १६ गतेसम्म सञ्चालन हुनेछ । यसरी नयां कामको थालनि गर्नु टोखा नगरपालिकाको ऐतिहासिक काम हो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै