• TOKHA LIVE

    • १ पुष २०७९, शुक्रबार १८:५९

    चिसो बढ्यो, सर्तकता अपनाउन आग्रह

    टाेखालाइभ डट कम/ पुस १,२०७९

    काठमाडौं /देशभर चिसो बढेको छ । चिसो बढेसँगैँ जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ । अबको केही दिन बिहानको समयमा देशका धेरै स्थानमा हुस्सु, कुहिरो लाग्ने तथा मध्यान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना छ ।

    जल तथा मौसम विज्ञान विभागले देशका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु सबैमा अनुरोध गरेको हो ।
    वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै