• TOKHA LIVE

    • २९ मंसिर २०७९, बिहीबार १८:५४

    निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री देउवासमक्ष पेस

    टाेखालाइभ डट कम/ मंसिर २९,२०७९
    काठमाडौं /हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुझाइएको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उहाँलाई आज बुझाउनुभएको हो ।

    सो अवसरमा प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको थियो । साथै निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको बताउनुभएको थियो ।फाेटाे सौजन्य/ जनपाती

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै