• TOKHA LIVE

    • २९ मंसिर २०७९, बिहीबार १७:४५

    पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    टाेखालाइभ डट कम/मंसिर २९,२०७९

    काठमाडौँको स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते हुनुभएका लामाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू ठूलो भ¥याङस्थित सडकमा बा १ प ७६३ नं को पर्यटक बस र बागमती प्रदेश ०२-०१८ प ४९४० नंको मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक सिन्धुलीका लामाको आज बिहान मृत्यु भएको हो । दुर्घटनामा सङ्लग्न पर्यटक बसलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै