• TOKHA LIVE

    • २९ मंसिर २०७९, बिहीबार ०७:०४

    मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फाइनलमा,उपाधीको लागी अर्जेन्टिनासंग भिड्ने

    टाेखालाइभ डट कम/मंसिर २९, २०७९

    काठमाण्डाै – साविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्व कपको फाइनलमा प्रवेश गरेको छ ।अब फ्रान्सले विश्व कप फुटबल उपाधीको लागी फाइनलमा आइतबार अर्जेन्टिनासंग भिड्ने भएको छ ।फ्रान्सले यश अघि विश्वकप सन् २०१८ मा रुसमा भएको विश्व कपको उपाधि जितेको थियो । साथै फ्रान्स सन् १९९८ को विश्व कप विजेता टोली पनि हो ।

    कतारको अल बायत मैदानमा आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो । फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले एक/एक गोल गरे ।

    फ्रान्सका हर्नान्डेजले खेलको ५औँ मिनेटमा र मुआनीले ७९औँ मिनेटमा गोल गरे ।पहिलो सेमिफाइनलमा अर्जेन्टिना क्रोएसियालाई ३–० गोलले हराउँदै फाइनलमा पुगिसकेको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै